May 14, 2021, Friday

गृहसचिव न्यौपानेसहित दुई महानिरीक्षक र तीन सहसचिव पुरस्कृत


नयाँ विकल्प
काठमाडाैं-गृह मन्त्रालयले गृहसचिव महेश्वर न्यौपाने सहित तीन सहसचिव तथा सशस्त्र र नेपाल प्रहरी महानिरीक्षकलाई पुरस्कृत गरेकाे छ । बेरुजु फछ्र्यौटमा उल्लेखनिय भुमिका निभाएको भन्दै पुरस्कृत मन्त्रालयले उनीहरूलाइ पुरस्कृत गरेकाे हाे ।

पुरस्कार पाउनेमा गृहसचिव न्यौपाने, सहसचिवत्रय जनकराज दाहाल, द्रोण पोखरेल र श्रवणकुमार तिमिल्सेनासहित सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री छन् ।

गृहसचिव रामबहादुर थापा बादलले आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरेका हुन् । तत्कालिन नुवाकोटका प्रमुुख जिल्ला अधिकारी द्रोण पोखरेलले आफ्नो कार्यकालमा सबैभन्दा धेरै ९९ दशमलव ९८ प्रतिशत बेरुजु फछ्र्यौट गरेका थिए ।

मन्त्रालयका अनुसार उनले जम्मा ४५ करोड ६१ लाख रुपैयाँ फछ्र्यौट गरेका हुन् । यस्तै दोस्रोमा सहसचिव जनकराज दाहाल ९४ दशमलव ४९ प्रतिशत र तेस्रोमा नेपाल प्रहरीले ९१ प्रतिशत बेरुजु फछर्यौट गरेका छन् ।

मन्त्रालय र मातहतकाे जम्मा बेरूजु २ अर्ब १६ कराेड रहेकाेमा २०७७ असार मसान्तसम्ममा १ अर्ब ६६ कराेड फछ्याैट भएकाे हाे । जसमा रकमका हिसाबले सबैभन्दा धेरै नेपाल प्रहरीले ८० कराेड ५९ लाख रूपैयाँ भन्दा बढि रकम फछ्याैट गरेकाे छ ।

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ चैत्र ८, १३: ४५: ५५

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ चैत्र ८, १३: ४५: ५५

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ चैत्र ८, १३: ४५: ५५

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP