नयाँ बिकल्प,
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू निकटका केन्द्रीय सदस्यहरुको गुट भेला बोलाएका छन् ।
पौडेल निवास बोहोराटारमा आइतबार दिउँसो २ बजे पौडेलले बोलाएको भेलामा सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक नबोलाएको, प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढाल्न अग्रसरता नदेखाई मौनता साँधेको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
पौडेल निकटका नेताहरु सभपाति देउवाले १४ औं महाधिवेशन तयारीका लागि आवश्यक तयारी गृहकार्य नगरेको ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार बनाउको लागि कुनै पहल नगरी मौन बसेर ओली सरकारलाई नै सहयोग गरिरहेको आरोप लगाउँदै आएका छन् ।
महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा गत साता भएको बैठकमा प्रधानमन्त्रीबाट ओलीको विकल्प खोज्नुपर्ने पौडेलले बताएका थिए । बैठक सकेर उनले सभापति देउवालाई फोन गरेर सरकारको नेतृत्व कांग्रेसले लिने गरी माओवादी केन्द्र र जसपासँग कुराकानी गर्न भनेका थिए।
सभापति देउवाले भने परिस्थिति अनुकूल भइनसकेको र संसदमा अझै पनि ओली बहुमतमा रहेको भन्दै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिएकोले अहिले परिस्थिति परिपक्क भइनसकेको बताउँदै आएका छन् ।
नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...
नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...
नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...