May 14, 2021, Friday

नेप्से उकालाे लाग्ने क्रम जारी, काराेबार बढ्दा लगानीकर्तामा उत्साह


नयाँ विकल्प
काठमाडाैं- अघिल्लाे साता सम्म लगातार घटेकाे बजारले पुनः सुधारकाे लय समातेकाे छ । बढ्दो बजारलाई काराेबार रकमले पनि साथ दिएपछि बजार सुधार हुने भन्दै लगानीकार्ता उत्साहित बनेका छन ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ६३.३८ अंक बढेर २५३८.४६ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ९.४४ अंक बढेर ४५३.५९ विन्दुमा पुगेको छ। यस दिन २०६ कम्पनीको ८० हजार ९८६ पटकको कारोबारमा ५ अर्ब ९१ करोड ९८ लाख रुपैयाँभन्दा बढीको १ करोड २४ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेसँगै कारोबार रकम पनि बढेपछि लगानीकर्ताहरु उत्साहित भएको छन्। विगत दुई कारोबार दिनमा नेप्से परिसूचक उकालो लागेपनि भोल्यूम नआएका कारण लगानीकर्ताहरु बजार फर्किएकै हो भन्ने कुरामा निश्चित हुन सकेका थिएनन्।

तर, यस दिन नेप्सेको वृद्धिलाई कारोबार रकम (भोल्यूम) पनि साथ दिएको छ। यसले गर्दा लगानीकर्ताहरु बजार फर्किएकै हो भन्ने कुरामा करिब ९५ प्रतिशत पक्का भइरहेका छन्। अब बजार फर्किएकै हो भन्नेमा लगानीकर्ताहरु करिब निश्चित नै भइसकेकाे विष्लेषकहरूकाे भनाइ छ ।आइतबार कारोबारमा आएका ९ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

जसमध्ये अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन्। यस दिन स्वरोजगार लघुवित्त, मिथिला लघुवित्त, सूर्योदय लघुवित्त, सामुदायिक लघुवित्त, समिट माइक्रोफाइनान्स, चन्द्रगिरी हिल्स, किसान लघुवित्त, स्वाभिमान लघुवित्त र युनाइटेड इदी मार्दीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन कारोबारमा आएका सबै उपसमूहका परिसूचक बढेका छन्। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन उपसमूहको ५.३६ प्रतिशत, निर्जीवन बीमाको ४.५९ प्रतिशत र जीवन बीमाको ४.४४ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल बङ्गलादेश बैंकको सबैभन्दा बढी ३९ करोड ९० लाख २२ हजार रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ चैत्र ८, १५: ४५: ५८

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ चैत्र ८, १५: ४५: ५८

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ चैत्र ८, १५: ४५: ५८

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP