May 14, 2021, Friday

बालविवाह न्यूनीकरणका लागि स्कूलमै शिक्षा

नयाँ विकल्प
बर्दियामा बालविवाह न्यूनीकरणका लागि प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले बर्दियाका आठवटै पालिकामा रहेका ४० वटा माध्यमिक विद्यालयहरुमा कार्ययोजना निर्माण थालेको हो । कार्ययोजना निर्माण गर्न क्लबले विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम शुरु गरेको छ ।

माध्यमिक तहमा अध्ययनरत धेरै किशोर किशोरी बालविवाहको सिकार हुने गरेकाले विद्यालयबाट नै बालविवाहविरुद्ध अभियान सञ्चालन गर्न विद्यालयका अतिरिक्त क्रियाकलामा समावेश गर्न कार्ययोजना बनाउन अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको फिल्ड सुपरभाइजर डम्मरबहादुर परियारले जानकारी दिए ।

कार्ययोजनामा बालविवाहविरुद्ध विद्यार्थीको हस्ताक्षर अभियान सञ्चालन गर्ने, वत्तृत्वकला प्रतियोगिता, चिठी लेखन, निबन्ध प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा विद्यालयमा बालसंरक्षण नीति तयार गर्ने योजना समावेश गरिएको त्रिभुवन मावि कौराका प्रधानाध्यापक दामोदर पौडलले बताए ।

विद्यालयमा तयार गरिएको योजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने र विद्यालयमा बालमैत्री शिक्षणलाई लागू गरिने बताए ।

बालविवाह समाजमा व्याप्त रहेका भएता पनि कानूनी प्रक्रिया नजाउदा तथ्याङ्क एकिन गर्न भने सकिएको छैन ।

एक अध्ययनअनुसार सामाजिक सञ्जालको माध्यमबाट २० प्रतिशत, आफूखुशी ११ प्रतिशत र अभिभावकको करकापबाट २६ प्रतिशत बालबालिकाले विवाह गर्ने गरेको पाइएको छ । रासस

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ चैत्र ९, १३: ३०: ५७

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ चैत्र ९, १३: ३०: ५७

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ चैत्र ९, १३: ३०: ५७

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP