May 17, 2021, Monday

पशु सेवा शाखाको किसानलाई निःशुल्क घाँसको बीउ वितरण

नयाँ विकल्प
टीकापुर–कैलालीको टीकापुर नगरपालिका पशु सेवा शाखाले व्यावसायिक पशुपालनमा लागेका किसानलाई निःशुल्क घाँसको बीउ वितरण गरेको छ । व्यावसायिकरूपमा पशुपालन गरिरहेका समूह तथा कृषि फार्मलाई बर्खे टियोसेन्टी जातको घाँसको बीउ वितरण गरिएको हो ।

पशुपालक किसानका पशुलाई घाँसको परिपूर्ति र पशुपालन गर्दा घाँसका बारेमा जनचेतना जगाउनका लागि बीउ वितरण गरेको पशु शाखा प्रमुख श्यामराज पाण्डेले बताए । “नगरपालिकाले पशुपालनमा किसानलाई आकर्षित गराउने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

हामीले बीउ वितरण, पशुको उपचार र गाउँगाउँमा पशु शिविरजस्ता कार्यक्रम गर्ने गरेका छौँ ।” “नगरपालिकाले पशुपालनमा लागेका किसानलाई गोठ निर्माणलगायतका काममा अनुदानसमेत दिने गरेको छ ।”

पशुपालनमा लागेका किसान तथा व्यावसायिकरूपमा पशु फार्म सञ्चालन गरेका किसानलाई पशुको सङ्ख्या हेरेर एक किसानलाई पाँचदेखि २० किलोसम्म घाँसको बीउ वितरण गरिएको छ । नगरपालिकाले १० क्विन्टल टियोसेन्टी जातको घाँसको बीउ वितरण गरेको पाण्डेले बताए ।

“टीकापुर मासु र दूधमा आत्मनिर्भर बनिसकेको छ । त्यहाँ उत्पादन भएको मासु, दूध अन्य जिल्ला निकासी हुने गरेको छ ।”

“मासु तथा दूधको खपत पनि राम्रो भएकाले किसानको समेत आकर्षण बढेको छ । पशुपालनमा युवाको आकर्षण बढेको छ । हामी सहयोगीका रूपमा उभिएका छौँ ।”

टीकापुर नगरपालिकामा अहिले व्यावसायिकरुपमा पशुपालन गर्ने कृषि फार्म ८२ छन् भने २५ समूह छन् । ती कृषि फार्ममा गाई, भैँसी, बङ्गुर, बाख्रालगायत पशुपालन गरिएका छन् ।

व्यावसायिकरूपमा मासु तथा दूध उत्पादनका लागि कृषिकर्म गरिरहेका किसानलाई पशु सेवा शाखा कार्यालयले हरेक वर्ष यसरी नै घाँसको बीउ वितरण गर्ने गरेको छ ।

कैलालीको जानकी गाउँपालिकाले पनि पशुपालनमा लागेका किसानलाई व्यवसाय सञ्चालनमा सघाउँदै आएको छ । गाउँपालिकाले घाँसको बीउ वितरण, घाँस काट्ने मेसिन, गोठ निर्माणलगायतका काममा किसानलाई सघाउँदै आएको छ ।

पालिकाले किसानलाई तालिम, पशुको उपचारमा सघाउन समय–समयमा शिविरसमेत सञ्चालन गर्ने गरेको जनाएको छ ।

स्थानीय तहले व्यावसायिक किसानलाई मात्र तालिम दिने, सहयोग कार्यक्रम सञ्चालन गर्ने भएकाले पशुपालन गरिरहेका अन्य किसानलाई समेत समेट्न आवश्यक भएको किसानको भनाइ छ । “हामी घरमा एक÷दुई गाईभैँसी तथा बाख्रा पाल्ने किसानलाई पनि ज्ञान आवश्यक छ ।

हामीलाई पनि प्राविधिक तथा अन्य सहयोग गरेको भए हुन्थ्यो ।” “सीप र सहयोग पाए हामीलाई पनि व्यावसायिक बन्न सहयोग पुग्छ । विदेश जानुभन्दा हामीजस्ता युवालाई प्रोत्साहन गर्ने कार्य सरकारले गर्नुपर्छ ।” रासस

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ चैत्र १०, १३: २८: ४२

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ चैत्र १०, १३: २८: ४२

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ चैत्र १०, १३: २८: ४२

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP