April 18, 2021, Sunday

सीके प्रसाईंकी धर्मपत्नी गिरिराजकुमारीको निधन


नयाँ बिकल्प,
काठमाडौं । प्रजातान्त्रिक समाजबादका व्याख्याता तथा नेपाली कांग्रेसका समाजबादी चिन्तक स्वर्गीय सीके प्रसाईंकी धर्मपत्नी तथा कांग्रेस नेतृ गिरिराजकुमारी प्रसाईंको बुधबार बिहान झापामा निधन भएको छ ।

बिर्तामोडको बीएण्डसी अस्पतालमा आज बिहान निधन भएको नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य शुधिरकुमार शिवाकोटीले जनाए । बिसं. १९८९ सालमा जन्मिएकी गिरिराजकुमारी पति सीके प्रसाईंसँगै आठ वर्ष भारतमा निर्वासित जीवन बिताएकी थिइन् ।

२०१७ सालमा प्रजातन्त्रको अन्त्य गरी पञ्चायति व्यवस्थाको बहालीसँगै प्रसाईको सयौं विघा जमिनसँगै श्रीसम्पति सरकारले नियन्त्रणमा लिएको थियो । सर्वोस्वहरण गरिएका सिके प्रसाईंलाई २०४७ सालपछि सरकारले केही जग्गा जमिन मात्र फिर्ता दिएको थियो ।

२०५६ सालको संसदीय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट उम्मेदवार बनेका केपी शर्मा ओलीसँग १७ मतले पराजित भएकी गिरिराजकुमारी झापा क्षेत्र नंम्वर २ बाट पटक पटक महाधिवेशन प्रतिनिधि भएकी थिइन् ।

सर्वस्वहरणपछि भारतमा निर्वासित जीवन विताएकी गिरिराजकुमारीले २०३१ सालमा दुई वटा विषयमा स्नातकोत्तर गरेकी थिइन् । प्रसाईंका एक छोरा विवेक प्रसाईं र दुई छोरी छन् । समाजबादी चिन्तक सिके प्रसाईंको भने २०५१ सालमै निधन भएको थियो ।

कांग्रेसका संस्थापक नेताहरु बीपी कोइराला र कृष्णप्रसाद भट्टराईका सहकर्मी तथा समाजबादी चिन्तक प्रसाईं प्रसिद्ध लेखक पनि हुन् ।

नेपाल महिला संघको स्थापनादेखि पूर्वी नेपालमा महिला संघको संगठन बिस्तार बलियो बनाउन गिरिराजकुमारीको योगदान र सहयोग अविश्मरणीय भएको पूर्वसांसद शिवाकोटीले बताए । नेतृ प्रसाईंको आजै कन्काई नदीमा अन्त्येष्टि गरिएको थियो ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ चैत्र ११, १५: २०: ४०

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ चैत्र ११, १५: २०: ४०

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ चैत्र ११, १५: २०: ४०

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP