April 19, 2021, Monday

७७ जिल्लामा क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न गृह मन्त्रालयकाे निर्देशन


नयाँ विकल्प,


काठमाडाैं-कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने भन्दै गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न परिपत्र गरेको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले सबै प्रशासन कार्यालयमा पत्र पठाएको जानकारी दिए।उनका अनुसार स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले गत सोमबार परिपत्र गरेको हो।

स्वास्थ्य मन्त्रालयको विज्ञप्तिको आधारमा हामीले परिपत्र गरेकाे मन्त्रालयले जनाएकाे छ । भारतमा कोरोना बढेपछि नेपालमा पनि बढ्न सक्ने सम्भावना छ ध्यान दिनू भन्ने कुरा आएपछि हामीले भीडभाड हुन नदिनु परिपत्र गरिएकाे हाे ।

सञ्चार तथा विद्युतीय माध्यमबाट चेतनामूलक सन्देशहरू प्रशारण गर्नू , नाकाबाट प्रवेश गर्नेहरूको पनि विवरण संकलन गर्नु भनेर मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाइ परिपत्र गरेकाे मन्त्रालयले जनाएकाे छ ।त्यसैगरी, नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन समेत निर्देशन दिएकाे छ ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ चैत्र ११, १५: २८: २५

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ चैत्र ११, १५: २८: २५

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ चैत्र ११, १५: २८: २५

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP