May 14, 2021, Friday

अझै निवारण हुन सकेन हात्तीपाइले रोग

नयाँ विकल्प
गलकोट–लगातार ६ वर्ष औषधि सेवन गरेर निवारण गर्ने भनिएको हात्तीपाइले रोग बागलुङमा भने १२औँ पटक अभियान सञ्चालन गर्न थालिएको छ । बागलुङमा यही चैत २० गतेदेखि १२औँ चरणको हात्तीपाइले रोग विरुद्धको अभियान शुरु गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

लगातार छ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने बताउँदै यसअघि ११औँ पटकसम्म अभियान चलाए पनि हात्तीपाइले निवारण नभएपछि अहिले १२औँ चरणको अभियान शुरु गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताए ।

बाह्रौँ चरणको अभियान शुरु गर्नुभन्दा पहिले हात्तीपाइले प्रभावित क्षेत्र नारायणस्थान र कुस्मिशेरामा चौथो पटकको नमूना सङ्कलन गरिएको थियो । नमूना सङ्कलन गर्दा नारायणस्थानमा आठ र कुश्मिसेरामा दुई जनामा हात्तीपाइले पोजेटिभ देखिएपछि पुनः दुई वर्षका लागि अभियान थालिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले बताए ।

गुरौँले, “हात्तीपाइलेको निवारण अभियान प्रभावकारी भएन भन्ने कुरा यसबाट बुझ्न सकिन्छ, नागरिकस्तरबाटै जागरुक नभए सम्म बागलुङमा यस्तो अभियान चलाइराख्नु पर्ने देखिएको बताए ।”

“हात्तीपाइले अभियान दोहोर्याउनु पर्नेमा मुख्य कारण औषधिको प्रति असरको डर देखिन्छ, ५९ प्रतिशत नागरिकमा यस्तो समस्या सर्वेक्षणका क्रममा पाइयो, अब यो भ्रमलाई सबै मिलेर चिर्न आवश्यक छ ।” गुरौँका अनुसार औषधि अनिवार्य नभएको तथा चेतनाको अभावमा हात्तीपाइलेको औषधि नखाने प्रचलन अझै कायम छ ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक शर्माले सन् २०२२ सालभित्र नेपालमा हात्तीपाइले निवारण गर्ने भनिए पनि बागलुङ जस्ता निवारण नभएका १२ जिल्लाका कारण यो अभियान बढाएर २०२८ सम्म पुर्याइएको बताए । हात्तीपाइले निवारण नहुनुका कारण अध्ययन गर्ने क्रममा गतवर्ष औषधि सेवन नगर्ने मध्ये ५९.८ प्रतिशतले प्रतिअसरको डरले औषधि नखाएको तथ्याङक सङ्कलन गरिएको शर्माको भनाइ छ ।

सन् २०१० बाट शुरु भएको हात्तीपाइले निवारण अभियानमा शुरुको वर्ष ८० प्रतिशतले औषधि सेवन गरेका थिए तर पछिल्लो अभियानमा यो घट्दै गएको र २०२० मा पुनः ८७.५ प्रतिशतले औषधि सेवन गरेको जनाइएको छ ।

औषधि सेवन नगर्ने सङ्ख्यालाई १०० प्रतिशत मान्दा ५९.८ प्रतिशतले प्रति असरको डरले औषधि नखाएको, १९.६ ले आवश्यक नभएको भन्दै नआएको, ७.६ प्रतिशतले औषधि खुवाउन नआएको वा थाहा नपाएको, ११ प्रतिशतले चेतना नभएर र २.१ ले धेरै औषधि भएको कारण देखाउँदै औषधि नखाएको बताएका थिए । रासस

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ चैत्र १२, ११: ३५: ०५

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ चैत्र १२, ११: ३५: ०५

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ चैत्र १२, ११: ३५: ०५

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP