May 17, 2021, Monday

भागरथी बलात्कार हत्या प्रकरणः भजाइनल स्वाबको डिएनए अभियुक्तसँग मिलेकाे प्रहरीकाे दावी


नयाँ विकल्प
बैतडी- १७ वर्षीया भागरथी भट्ट बलात्कार र हत्या प्रकरणमा अनुसन्धानको महत्वपूर्ण पक्ष मानिएको भजाइनल स्वाबको डिएनए परीक्षणको रिपोर्ट आएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता मुकेशकुमार सिंहले बिहीबार राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको भजाइनल स्वाबको डिएनए रिपोर्ट प्राप्त भएको जानकारी दिए। उनका अनुसार घटनाका अभियुक्त १६ वर्षीय किशोरको डिएनएसँग म्याच भएको छ।

‘बिहीबार डिएनए रिपोर्ट आएको छ, रिपोर्ट अभियुक्तको डिएनएसँग म्याच खाएको छ,’ उनले भने। बीचमा अभियुक्तका आफन्तले घटनालाई अन्तै मोड्न उनले बयान फेरेको बताए पनि यो प्रमाणले पनि उनैलाई दोषी देखाएको प्रहरीको भनाइ छ। भागरथीको हत्यामा संलग्न भन्दै प्रहरीले उनकै भाइ नाता पर्ने किशोरलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको थियो।

बैतडी दोगडाकेदार गाउँपालिका-७ का उनी भागरथीसँगै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थी हुन्। उनले ‘रिसइबी’ का कारण भागरथीको बलात्कार र हत्या गरेको भनी प्रहरीसमक्ष बयान दिएका थिए। उनलाई दीपायलको सुधार गृहमा राखिएको छ। उनको मुद्दा अदालतमा गइसकेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ चैत्र १२, १४: ०२: ३०

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ चैत्र १२, १४: ०२: ३०

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ चैत्र १२, १४: ०२: ३०

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP