May 14, 2021, Friday

सेयर बजारमा समान्य करेक्सन, खरिदबिक्रीमा उत्साह कायमै


नयाँ विकल्प,


काठमाडाै- साताकाे अन्तिम दिन विहिबार सेयरबजार समान्य गिरावट आएकाे छ , काराेबार रकम भने बुधावारकाे भन्दा सुधार आएकाे छ ।

पहिलो चरणमा बजार बलियो देखिए पनि अन्तिम प्रहरतिर आउँदा बिक्री चाप केही बढेको हो । केही दिनयता नेप्सेले बढ्ने लय समाएको थियो । सोही अनुसार लगानीकर्ताहरु पनि उत्साहित भइरहेका छन् । तर अल्पकालीन कारोबारीले छिटोछिटो नाफा बुक गर्नेक्रम बढ्दा बजार केही प्रभावित भएको छ ।

सूचक तल झरे पनि कारोबार भोलुम राम्रो छ । भोलुम सकारात्मक भएकाले बजारमा पर्याप्त मात्रामा क्रेता र बिक्रेताहरु रहेको बुझ्न सकिन्छ । केही दिनयता कतिपय लगानीकर्ताले कोरोना संक्रमण फेरि फैलिन सक्ने त्रासका कारण पनि केही मनोबल गिराएको देखिन्छ ।

तथापि, यसबाट त्रसित हुनुपर्ने अवस्था छैन । कोरोनाबाट सजग हुनपर्छ । यसमा कुनै शंका छैन । तर विगतका अनुभवले पनि नेपालीहरुको प्रतिरोधात्मक क्षमता बढी देखिएको छ । हल्ला भए जस्तो त्रसित हुनुपर्दैन । सुरक्षाका उपाय अपनाउने र मनाबोल उच्च बनाउने नै यसलाई जित्ने प्रमुख अधार हुन सक्नेछ । साथै, संक्रमणदर बढिहालेमा पनि त्यस्तो बेला बैंकमा तरलता अधिक मात्रामा बढ्ने छ ।

जसका कारण ब्याजदर थप सस्तो हुन जान्छ । फलस्वरुपः यसले सेयर बजारलाई थप उचाईमा लैजान सहयोग पुर्याउनेछ । किन भने यसअघि पनि कोरोना संक्रमण दर उत्सकर्षमा पुगेकै बेला सेयरमा भने नयाँ रौनकता देखिएको थियो । फेरि अहिले धेरैजसो काम प्रविधिमैत्री भइसकेको छ । यसकारण कार्यालयका कामहरु रोकिने छैनन् । सूचीकृत कम्पनीका कामहरु पनि जारी रहनेछन् ।

यसकारण व्यापार व्यवसाय पनि ठप्प नहुने अनुमान गर्न सकिन्छ । लगानीकर्ताले योजनाबद्ध हिसाबले लगानी गर्नुपर्छ । सकेसम्म दीर्घकालीन लगानीलाई जोड दिनुपर्छ । यसो हुँदा दिनहुँ हुने उतारचढावबाट खासै प्रताडित हुनुपर्दैन । अनि, सबल वित्तीय सूचक भएका संस्थाहरु रोज्न सक्नुपर्छ ।

नेप्से सूचक २१.२९ अंकले घटेर २५४८.९६ विन्दुमा अडिएको छ । ६ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २०८ कम्पनीको १ करोड २३ लाख ७६ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । विभिन्न ३ समूहको सूचकमा हरियाली देखिएको छ । ३ कम्पनीकै भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । ८९ करोड रुपैयाँभन्दा बढीसहित खरिदबिक्रीमा निफ्रा अग्रस्थानमा रहेको छ ।

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ चैत्र १२, १६: १७: ५१

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ चैत्र १२, १६: १७: ५१

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ चैत्र १२, १६: १७: ५१

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP