April 18, 2021, Sunday

मुख्यमन्त्री राउतका पिएसओकाे ट्रककाे ठक्करबाट मृत्यु, ट्रक चालक फरार


नयाँ विकल्प
काठमाडाैं-धनुषामा ट्रक र मोटरसाइकल ठोक्किँदा मुख्यमन्त्री कार्यालयमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक (असई )को मृत्यु भएको छ।

धनुषाको मिथिला नगरपालिका-१० लालगढस्थित मोडल अस्पतालनजिक शुक्रबार बिहान करिब साढे दुई बजेतिर एउटा ट्रकले प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।

डिएसपी मिश्रका अनुसार कापर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पिएसओको रूपमा कार्यरत थिए। असई आफ्नो ड्युटी सकेर घर फर्कदै गरेकाे बेला ट्रकले ठक्कर दिँदा कापरको निधन भएकाे हाे । कापरकाे शव जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ चैत्र १३, १०: ४२: ०३

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ चैत्र १३, १०: ४२: ०३

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ चैत्र १३, १०: ४२: ०३

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP