May 14, 2021, Friday

पहिलो स्मार्ट सडक बत्ति अब ललितपुर महानगर क्षेत्रमा


नयाँ बिकल्प,

ललितपुर – नेपालमै पहिलो पटक सेन्सरबाटै आफै बत्ति बल्ने र निभ्ने प्रविधि जडान सहितको सडक बत्ति बाल्न ललितपुर महानगरपालिका सफल भएको छ । ललितपुर महानगरपालिका क्षेत्रमा पहिलो चरणमा ६ सय ६९ वटा स्मार्ट सडक बत्ति जडान सम्पन्न भएको छ ।

महानगरपालिका क्षेत्रको बागमति पुल कुपण्डोलबाट पुल्चोक, जावलाखेल हुँदै एकान्तकुनासम्म, हिमालय होटलबाट पाटन ढोका, असोक हल हुँदै ग्वार्कोसम्म र पुल्चोकबाट सानेपासम्मको सडकमा त्यस्ता स्मार्ट बत्ति जडान गरिएको महानगरका प्रमुख (मेयर) चिरीबाबु महर्जनले बताए ।

पाँच करोड २० लाख रुपैयाँको लागतमा जडान भएका यस्ता बत्ति रात पर्नासाथ स्वतः बल्ने र बिहान उज्यालो हुँदा निभ्ने गर्छन् । यी तीन रुटका सडकमा जडान भएका स्मार्ट सडक बत्ति ८० र ६० वाटका छन् । मानिसको गतिविधि नभएको समयमा यी बत्ति स्वत ६० र ४० वाटमा सीमित हुन्छन् ।

ललितपुर महानगरपालिकाको शहरी विकाश विभागको प्रमुख रुद्रप्रसाद गौतमले स्मार्ट सडक बत्तिले मानिसको अनुहार चिन्न, सीसीटीभी क्यामराले भिडियो खिच्न र सवारीको एम्वुस नम्वर प्लेट रिड गर्न सक्ने जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको प्राविधिक सहल्लाहमा जडान गरिएका यस्ता बत्ति दोश्रो चरणमा महनगरको खोकना र बुङमति क्षेत्रमा बिस्तार गरिने भएको छ ।

महानगरपालिकाले यस्तो स्मार्ट सडक बत्तिको मासिक भुक्तानी विद्युत प्राधिकरणलाई तिर्ने भएको छ । महानगरपालिकाले बल्खुदेखि बालकुमारीसम्मको चक्रपथमा समेत स्मार्ट बत्ति जडानको लागि संघीय सरकारसँग केही सहयोगको माग गरेको प्रमुख महर्जन बताउँछन् ।

‘संघीय सरकारले स्मार्ट सकड बत्ति चक्रपथमा राख्न पूर्वाधार निर्माणका लागि केही लगानी गरिदिए मात्र महानगरले बिलको मासिक भुक्तानी दिने थियो’, प्रमुख महर्जन भन्छन्,‘ स्मार्ट सकड बत्ति यहाँ जडान नगर्ने हो भने यो मार्ग मृत मार्गको रुपमा परिणत हुन लाग्यो ।’

महानगर प्रमुख महर्जनले प्राविधिक रुपमा अनुकूल डिजाइन नहुँदा ओभरहेड ब्रिज र सडक बत्तिको अभावमा ललितपुरमा पर्ने चक्रपथको कुसुन्तिमा १७ र धोविघाटमामा २२ जना पैदल यात्रु र सवारी यात्रुको मृत्यु भएको बताए ।

स्मार्ट सडक बत्ति चक्रपथमा राख्न सके दुर्घटना न्युनिकरण गर्न सकिने महर्जनको ठम्याई छ । सडक विभागले चक्रपथमा स्मार्ट लाईट जडान गर्न तत्काल ३ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाई सकेको छ । तर, त्यति लगानीले नपुग्ने भएकाले थप स्रोतको खोजी भएको महर्जनले बताए ।

ललितपुरले स्मार्ट सिटीको मापदण्ड पुरा गर्न सडक पेटीमा बृक्षारोपण, साईकल लेन निर्माण, खुल्ला स्थानको संरक्षण र महानगरका ३ वटा ब्रुमरले धुलो संकलन गर्ने काम गरिरहेको छ ।

ललितपुर महानगरको उदाहरणीय पूर्वाधार उपयोगी र दीर्घकालिन हुने भएकाले रुपन्देहीको सिद्धार्थनगर नगर पालिका, लुम्विनी सांस्कृतिक नगरपालिका र पाल्पाको तानसेन नगरपालिकाले पनि यस्तै स्मार्ट सडक बत्ति जडाने पहल गरिरहेका छन् ।

ललितपुरमा जडा नभएको स्मार्ट सडक बत्तिको सफलता देखेर काठमाडौं महानगरपालिकाले पनि सडक बत्ति जडानको पहल गरेको छ । त्यसका लागि संघीय सरकारले ५० प्रतिशत बढी वित्तिय सहयोग गर्ने भएको छ ।

ललितपुर महानगरपालिकाले सघीय सरकारलाई ललितपुरको चक्रपथ क्षेत्रमा स्मार्ट सडक बत्ति राख्नको लागि सबै प्रस्ताव तयार गरी सरकार समक्ष पेश गरेको छ । सहमति पत्रको मस्यौदा महानगरले तयार गरेर पठाए पनि जवाफ नआएको प्रमुख महर्जन बताउँछन् ।

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ चैत्र १३, १४: ४८: ४६

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ चैत्र १३, १४: ४८: ४६

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ चैत्र १३, १४: ४८: ४६

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP