May 14, 2021, Friday

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख खोप प्रदान


नयाँ बिकल्प,

काठमाडौं – मित्र राष्ट्र भारतको सेनाले नेपाली सेनालई एक लाख डोज कोभिड १९ बिरुद्धको खोप उपहारस्वरुप उपलब्ध गराएको छ ।

गत जनवरीमा ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत नेपाललाई दश लाख कोभिड–१९ विरुद्धको खोप भारत सरकारले दिएको थियो । भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप उपहारस्वरुप प्रदान गरेको छ ।

भारतको पुणेस्थित सिरम इन्टिच्यूटबाट एयर इण्डिया विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बेलुकी ल्याइएको उक्त खोप नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले नेपाली सेनालाई हस्तान्तरण गरेका हुन् ।

भारतले अघि बढाएको यो प्रयास दुई देशबीचको विशेष सम्बन्धको अर्काे एक अनुपम उदाहरण हुनुका साथै यसले भारतले आफ्नो छिमेकी प्रति देखाएको सदाशयताको रुपमा लिइएको छ ।

भारतले अबलम्बन गरेको ‘छिमेकी पहिलो’ नीति अनुरुप भारतीय सेनाका सेनाध्यक्ष महारथी मनोज मुकुन्द नरवणेले नेपाली समकक्षी महारथी पूर्णचन्द्र थापालाई भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित एक समारोहकाबीच भिडियो कन्फरेन्स मार्फत उक्त खोप प्रदान गरेका हुन् ।

भारतीय सेनाध्यक्ष जनरल नरवणे नेपाली सेनाका मानार्थ महारथी हुन् । गत नोभेम्बरमा भएको नेपाल भ्रमणका क्रममा नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७७ चैत्र १७, २०: ००: २२

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७७ चैत्र १७, २०: ००: २२

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७७ चैत्र १७, २०: ००: २२

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP