April 18, 2021, Sunday

प्रधानमन्त्री ओली सरकारलाई दिएकाे समर्थन फिर्ता लिने तयारीमा माओवादी केन्द्र


नयाँ विकल्प,


काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार समर्थन फिर्ता लिन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र मधेशवादी दलकाे सहारा मागेकाे छ ।

नेकपा विवाद चिर्किएसंगै प्रचण्ड पक्षले पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीलाई साधारण सदस्यबाटै हटाएपनि उनीलाइ दिएकाे समर्थन भने फिर्ता लिएकाे छैन् ।

प्रधानमन्त्री ओलीलाई हटाएर नयाँ सरकार बनाउने याेजनामा रहेकाे माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई ओली सरकारलाइ हटाउने वा निरन्तरता दिने भन्नेमा प्रष्ट हुन आग्रह गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको अनौपचारिक स्थायी कमिटी बैठकपछि प्रमुख प्रतिपक्षी कांग्रेस र जसपालाइ निर्णयपछि राजनीतिले नयाँ मोड लिने अपेक्षा गरेकाे छ ।

कांग्रेस र जसपाले प्रधानमन्त्री केपी शर्मा ओली हटाउन तयार भए माओवादी केन्द्रले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिने र ओली विरूद्ध अविस्वाकाे प्रस्ताव दर्ता गर्ने तयारी गरेकाे जनाएकाे छ ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ चैत्र १९, १२: ५३: २५

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ चैत्र १९, १२: ५३: २५

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ चैत्र १९, १२: ५३: २५

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP