June 21, 2021, Monday

भारत सरकारको सहयोगमा निर्मित हुलाकी सडक हस्तान्तरण


नयाँ बिकल्प,
काठमाडौं – भारत सरकारको करिव आठ अर्व रुपैयाँको आर्थिक सहयोगमा निर्मित हुलाकी सडक भारतले नेपाललाई हस्तान्तरण गरेको छ ।

१४ वटा प्याकेज मध्ये निर्माण सम्पन्न भई सम्बन्धित क्षेत्रका जनताले प्रयोग गरिरहेका १३ वटा प्याकेज नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले भारत सरकारको आर्थिक सहयोगमा नेपालको तराई क्षेत्रमा निर्माण सम्पन्न भएका सडकको संयुक्त रुपमा नेपालका जनतालाई समर्पित गरेका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, उप—सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, हुलाकी राजमार्ग निर्देशनालयका परियोजना निर्देशक रोहितकुमार बिसुराल र भारतीय राजदूतावासका परियोजना प्रभागका प्रमुख प्रफुल्लचन्द्र शर्मा कार्यक्रममा उपस्थित थिए ।

नेपालको तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्नत गर्ने सम्बन्धमा भारत र नेपालबीच भएको सहमति अनुरुप नेपाल सरकारले दश अत्यन्त आवश्यक सडकको पहिचान गरेको थियो । हुलाकी राजमार्गको नामले चिनिने यी सडकहरुले पूर्व—पश्चिम राजमार्गमा अवस्थित प्रमुख शहर र भारत—नेपाल सीमासम्म जोड्छ ।

नेपालको प्रदेश नं १, २ र लुम्विनी प्रदेशका सात सीमावर्ती जिल्लामा अवस्थित यी सडकहरुले २ सय ८४ भन्दा बढी वडा, एक सय ४९ वटा गाउँ, १८ वटा गाउँपालिका, १८ वटा नगरपालिका, एक उप–महानगरपालिका र एक महानगरपालिकाका जनताहरुलाई जोड्न सघाउ पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

सडक विभागले निर्धारण गरेको मापदण्ड अनुरुप निर्माण गरिएका यि सडकहरुमा सात मिटर कैरियज वे र सडकको दुवै तर्फ दुई मिटरको रोड शोल्डरको व्यवस्था गरिएको छ । यी सडकमा ढल, बसोबास क्षेत्रमा रेलिङ्गसहितको पदमार्ग, सडक चिन्ह र अन्य सडक फर्निचरको सुविधा पनि राखिएको छ ।

परियोजना अन्तर्गत ६५२ भन्दा बढी कल्भर्ट र एक सय ११ किलोमिटर भन्दा बढी ड्रेनेज नेटवर्कको पनि निर्माण गरिएको छ । भारत सरकारको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन मोडालिटि अनुरुप यो परियोजनाको कार्यान्वयन भएको हो ।

ठेक्का उद्देश्यका लागि यी १० सडकहरुलाई १४ वटा प्याकेजमा विभाजन गरिएको थियो । यी सडकहरुको निर्माण सन् २०१६ अक्टोबर देखि सन् २०१७ नोभेम्बरसम्मको अवधिमा सडक विभागले १४ वटा ठेक्का हस्तान्तरण गरेको थियो ।

यी सडकहरुको निर्माणका लागि विशेष विवरणहरु सडक विभागले तयार पारेको विस्तृत परियोजना विवरणमा समावेश गरिएको छ । यस परियोजनाका लागि भारत सरकारको परामर्शदाताको रुपमा राष्ट्रिय राजमार्ग एवम् पूर्वाधार विकास निगम लिमिटेडलाई चयन गरिएको थियो ।
हुलाकी सडकले हालै भारतले नेपालमा निर्माण सम्पन्न गरेका र निर्माणाधीन अन्य प्रमुख सीमा पूर्वाधारहरु जस्तै वीरगञ्ज र विराटनगरमा अवस्थित एकीकृत चेक पोष्ट तथा अन्तरदेशीय रेलमार्गलाई पनि सहजता प्रदान गरेको छ ।

भारत सरकारको आर्थिक सहयोगमै भारतको जयनगरदेखि नेपालको कुर्थासम्म अन्तरदेशीय रेलमार्गको निर्माण सम्पन्न भइसकेको छ र यस परियोजनलाई सञ्चालनमा ल्याउने गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न तयारी अवस्थामा छ । यस सम्बन्धमा दुवै पक्षले यात्रुवाहक रेललाई सञ्चालनमा ल्याउन अन्तिम तयारी गरिरहेको छ ।

निर्माण सम्पन्न भइसकेका तराई सडक प्याकेजका नाम, लम्बाई र स्थान यस प्रकार छनः

बाराको मनमत—कलैया—मटियर्वा,प्याकेज १ को १५किलोमिटर र मनमत—कलैया—मटियर्वा,प्याकेज २ को ११ दशमलव ६६ किलोमिटर, धनुषाको बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर, प्याकेज १ को १७ किलोमिटर, बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर, प्याकेज २ को १५ किलोमिटर ३१ मिटर, जनकपुर— यदुकुहा १६ किलोमिटर ६३ मिटर, महोत्तरीको माइस्थान—गौशालाबजार—सम्शी २६ किलोमिटर ९४ मिटर, जलेश्वर—हर्दी २७ किलोमिटर २६ मिटर, दाङको लमही—कोइलाबास ३३ किलोमिटर ४७ मिटर, मोरङको कानेपोखरी—रङ्गेली २५किलोमिटर ४० मिटर, सप्तरीको कल्याणपुर—बरसाइ—सुभ्रानपट्टी १७ किलोमिटर २८ मिटर, बाराको तामागढी—सिम्रौनगढ, प्याकेज १को २० किलोमिटर, तामागढी—सिम्रौनगढ, प्याकेज २ को १९ किलोमिटर ७४५ मिटर, पर्षाको बीरगंज—ठोरी, प्याकेज १ को २५किलोमिटर ६० मिटर र बीरगंज—ठोरी, प्याकेज २को ३० किलोमिटर सडक रहेका छन् ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७७ चैत्र १९, १८: २९: २१

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७७ चैत्र १९, १८: २९: २१

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७७ चैत्र १९, १८: २९: २१

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP