May 14, 2021, Friday

मेलम्चीको पानी काठमाडौं उपत्यकामा आएपछि कांग्रेसले सम्झियो सन्तनेता किसुनजीलाई


नयाँ बिकल्प,

काठमाडौं –नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् तत्कालीन प्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईले काठमाडौंको खानेपानी समस्या समाधान गर्न मेलम्ची नदीको पानी ल्याउने उद्घोष गरेको परियोजना सफल भएकोमा उनै भट्टराईलाई सम्झिाएको छ ।

कांग्रेसले सन्त नेता भट्टराईप्रति उच्च सम्मान प्रकट गर्दै काठमाडौ उपत्यकाबासीमा बिशेष बधाई ज्ञापन गरेको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख एवम् प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै मेलम्ची परियोजनाको सफलताले काठमाडौंको पानी संकट हल गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।

‘यो सफलताले देशको समृद्धिका लागि आधुनिक प्रविधि र अझ नविन परियोजनाका लागि थप मार्गप्रशस्त गरेको छ । कांग्रेसको सरकारले शुरु गरेको परियोजना अनेक प्रतिकुलता चिर्दै सफल हुन दुई दशक बढी समय लागेपनि सफलता पाउनु उपत्यका र पुरै देशका लागि हर्ष र गौरवको घडि बनेको छ’, प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मेलम्ची परियोजनाको शुरुआत गर्ने सन्तनेता किसुनजीसहित सक्षम इन्जिनियरको उत्कृष्ट डिजाइन, आर्थिक र भौतिक सहयोग गर्ने दाता, प्रगतिमा इंटा थप्ने पछिल्ला सरकार एवम् राष्ट्रसेवक कर्मचारी, अहोरात्र पसिना बगाएका मेहनति श्रमिकहरु र सुरुङ्ग निर्माण सिलसिलामा दुर्घटनामा जीवन गुमाएका इन्जिनियर र श्रमिक र सिन्धुपाल्चोकबासी एवम् मुलत मेलम्चीका स्थानीय नागरिकप्रति कांग्रेसले आभार प्रकट गरेको छ ।

भविष्य सुरक्षीत र सफल बनाउन सबैको साझा प्रतिबद्धता, ऐक्यवद्धता र साथका लागि समेत नेपाली कांग्रेसले सबैलाई अपील गरेको छ ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७७ चैत्र २०, १२: ४४: ५३

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७७ चैत्र २०, १२: ४४: ५३

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७७ चैत्र २०, १२: ४४: ५३

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP