June 21, 2021, Monday
पत्रकार महासंघको अध्यक्षका प्रत्यासी दाहालले पोखरेललाई समर्थन गर्दै भने –

‘म रुएर साथिहरुलाई हँसाउन तयार छु, तर म शहिद भएँ’



नयाँ बिकल्प,

काठमाडौं – नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुने निर्वाचनमा सभापतिका प्रत्यासी रामप्रसाद दाहालले लोकतान्त्रिक, प्रगतिशिल, समावेसी, श्रमजीवि पत्रकारहरुको संयुक्त समूहको नेतृत्व गरिरहेका विपुल पोखरेललाई समर्थन गरेका छन् ।

श्रमजीवि पत्रकारहरुको पक्षमा पत्रकार महासंघको सचिवका हैसियतले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका दाहालले पत्रकार महासंघमा राजनीतिक दलको हस्तक्षेप आफू प्रताडित हुनु परेको भन्दै आफूमाथि अत्याचार गरिएको गुनासो गरे ।

पोखरेल नेतृत्वको समूहले शुक्रबार राजधानीमा आयोजना गरेको उम्मेदवारी घोषणा सभामा दाहालले आफ्नो उम्मेदवारी कसैको बिरुद्धम नभएर उम्मेदवारी चयन प्रक्रिया पारदर्शी हुनुपर्यो भन्ने धारणा मात्र भएको बताए ।

निकै भाउक रुपमा प्रस्तुत भएका दाहालको प्रश्न थियो ‘संगठनको नाममा राजनीतिक हस्तक्षेपबाट कति प्रताडित हुनु पर्ने हो? हामी मात्र शहिद हुनु पर्ने हो ? २०६५ मलाई दिइएको सचिव पद खोसियो । के यसो गर्न पाइन्छ ? अत्याचार गर्न पाइन्छ?’

आफूले समर्थन गर्दै गरेका अध्यक्षका प्रत्यासी विपुल पोखरेललाई मञ्चमा नदेखेपछि दाहालले आफूलाई १० वर्षअघि अघि नै अन्याय गरिएको भन्दै यो पटक पनि आफूलाई प्रेस युनियनको मेसेन्जर ग्रुपहरुमा बालुवाटारबाट परिचालित दाम र पैशा लिएको भनेर गम्भिर आरोप लगाइएको गुनासो गरे ।

‘ति साथिहरुलाई पनि देखाउन छ मैले कहिले बालुवाटारबाट के लिएँ ? मलाई यस्तो अत्याचारी संगठन बन्दै रहेछ, प्रेस युनियन थाहा थिएन । तपाईंहरु जित्नुस्, समर्थन लिनुस् । तपाईंहरु हाँस्नुस्, म रुन तयार छु, म रुएर तपाईंहरुलाई हँसाउन तयार छु ।’

भविश्यमा प्रेस युनियनका व्यवसायिक र क्रियाशिल साथिहरु शहिद हुनु नपरोस भनेर आफूले अभियानको नेतृत्व लिएको भए पनि अन्य संगठनसँग गरिएको एलायन्स भत्कने र दुर्घटनामा पर्ने डरले बिद्रोह त्यागेको स्पस्ट पारे ।

दाहालले ट्रेड युनियनको मुद्धालाई अब आउने नेतृत्वले दुर्घटनामा पर्न नदेओस भन्दै महासंघ बाहिर बसेरै पनि खबरदारी गर्ने बताए । ‘मैले उम्मेदवारी दिएर कुनै बार्गेनिङ गर्यो भन्ने नसोचे हुन्छ । म शहिद भएँ वा त्याग गरेँ । मुल्याङ्कन होला । पत्रकार महासंघलाई राजनीतिक अखडा बनाउने गरेको आरोप छ, त्यो हटोस् ।’

कुनै नेताको दैलो चहारेन भने पत्रकार महासंघमा पुग्नै नसकिने र एनजीओकरणको आरोप महासंघलाई लाग्दै आएको भन्दै दाहालले ठूला मिडिया हाउसको इन्ट्रेष्टमा पत्रकार महासंघ गयो भन्ने आरोपबाट मुक्त हुनु पर्ने धारणा राखे ।

महासंघमा पोखरेल प्यानलको बरिष्ठ उपाध्यक्ष रमेश विष्टले करिव १३ हजार पत्रकारहरुले मतदान गर्न लागेको महासंघको निर्वाचन एउटा जनमत सर्वेक्षण भएको बताए ।

महासंघका बर्तमान महासचिव समेत रहेका विष्टले मिडिया काउन्सिल विधेयक, प्रेस काउन्सिल विधेयक, आमसञ्चार प्रतिष्ठान सम्वन्धी विधेयक, गोपनियता सम्वन्धी विधेयक र सूचना प्रविधि सम्वन्धि संचार कानून संसदीय प्रक्रियामै रहेकोले खबरदारीको जरुरी रहेको बताए ।

ति विधेयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी प्रावधान नराखिएसम्म ति काला कानूनहरु नहटेसम्म खबरदारी जरुरी भन्दै विष्टले पुरानै विधेयक, संसदीय समिति र सरकार रहेको बेला विचाराधिन विधेयकले पत्रकारको स्वतन्त्रता नियन्त्रण गर्ने, पत्रकारलाई जेल हाल्ने र उच्च दण्ड जरिवाना गर्ने व्यवस्था छ गरेको बताए ।

पत्रकारहरुको सेवा सुविधा सम्वन्धी प्रावधानलाई हामीले उच्च प्राथमिकतामा राखेको जनाउँदै विष्टले नागरिक अधिकारको रक्षाको लागि आमनागरिकलाई महसुस हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बरिष्ठ उपाध्यक्षका प्रत्यासी रामजी दाहालले विष्टलाई समर्थन गर्दै पत्रकार महासंघलाई राजनीतिक दलको प्रभाव र दबाबबाट मुक्त गर्नु पर्ने धारणा राखे । उनले नागरिक समाजको एउटा पहरेदारको रुपमा महासंघले आफ्नो गरिमा र स्तरलाई कायम गर्न नसकेको गुनासो गरे ।

दाहालले आफू प्रत्यासी हुँदा प्रतिगमनकारी शक्ति र प्रेस स्वतन्त्रता बिरोध शक्ति स्थापित हुने देखिएकाले आफूले उम्मेदवारी फिर्ता लिएको बताए । लोकतान्त्रिक संगठनहरुले आवधिक निर्वाचन, स्वतन्त्र र लोकतान्त्रिक आचरण प्रस्तुत गर्न सक्नु पर्ने बताए ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७७ चैत्र २०, १७: ५६: २१

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७७ चैत्र २०, १७: ५६: २१

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७७ चैत्र २०, १७: ५६: २१

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP