August 1, 2021, Sunday

नेप्से अल टाइम हाइ : काराेबार रकम बढ्याे

नयाँ विकल्प

काठमाडौं – सेयर बजारले अल टाइम हाइ रेकर्ड बनाएको छ । नेप्से क्लोजिङ विन्दुको आधारमा २६५७.६१ अंकसहित आइतबार बजार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि नेप्से सूचक अधिकतम २६४०.३५ विन्दुसम्म कायम भएको थियो । सूचकसँगै कारोबार भोलुममा पनि रौनकता देखिएको छ । ८ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो पछिल्लो समय भएको कारोबार रकम निकै ठूलो हो । नेप्से सूचक पनि २५.७१ अंकले वृद्धि भएको हो ।

सूचकका साथमा खरिदबिक्री रकम पनि क्रमशः विस्तार भइरहेकाले बजारमा एक किसिमको नयाँ माहोल खडा भएको पाइएको छ । चैत मसान्त नजिकिंदै जाँदा बजारमा भने उत्साह देखिएको छ । सामान्यतयः मसान्तमा साँवा र ब्याज तिर्नेे चटारो हुँदा बजार दबाबमा पर्ने अनुमान कतिपयको थियो । तर व्यवहारमा यसपटक बजारले त्यस्तो संकेत गरेको छैन ।

यसअघि पनि बजार बेस्सरी बढेका बेला धेरैले नाफा बुक गरेका र सोही अनुसार मसान्तमा तिर्नुपर्ने साँवा र ब्याजको जोहो गरिसकेको अनुमान गर्न सकिन्छ । त्यसबाहेक बुलिस ट्रेन्डको बजारमा यस्ता परम्परागत सिद्धान्त र मान्यताहरु लागू नहुन पनि सक्छन् ।

मसान्तमा बजार दह्रो भएमा वैशाखपछि थप रफ्तारमा जान सक्ने कतिपयको अनुमान छ । केहीले भने सामान्य करेक्सनपछि फेरि नयाँ उचाई बनाउने आफ्ना प्राविधिक तर्कहरु पनि गरिरहेका छन् । सेयर बजारमा सामान्य अंकको तलमाथि हुन स्वभाविक हो । यति नै पुग्छ भनेर अंकलाई ठोकुवा गर्नु उचित पनि होइन ।

तर, समग्र अवस्थाको अनुमानमा बजार बुलिस प्रवृत्तिमै रहेको छ । विस्तारै नयाँ वर्ष सुरु हुनेछ । सरकारको पुँजीगत खर्चमा पनि वृद्धि हुनेछ । सेयर बजारको सिजन आउँदैछ । सेयर कर्जा पनि सस्तो छ । वित्तीय प्रणालीमा अधिक तरलताकै अवस्था रहेको छ । यी समग्र परिदृश्यहरुका आधारमा बजारको दीर्घकालीन गति सकारात्मक र बुलिस नै हुने धेरैको विश्लेषण रहेको छ । नेपाली पैसबाट

७ कम्पनीको भाउ वृद्धि भएर सकारात्मक सर्किट लागेको छ । कारोबार रकममा ४६ करोड ८१ लाख रुपैयाँभन्दा बढीसहित निफ्रा अग्रस्थानमा रहेको छ । दोस्रोमा अपर तामाकोशी र तेस्रोमा नेपाल पुनर्बिमा कम्पनी रहेका छन् । १३ समूहमध्ये ८ समूहको सूचक वृद्धि भएको छ । निर्जीवन बिमा समूहमा सबैभन्दा बढी तेजी देखिएको छ । त्यस्तै, फाइनान्स, अन्य तथा वाणिज्य बैंक समूह पनि वृद्धि भएका छन् । नेपाली पैसाबाट

सम्बन्धित समाचार

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल
कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल
  • २०७७ चैत्र २२, १५: ४८: १४

नयाँ विकल्प उदयपुर-जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ। वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना...

मेलम्ची बाढीः चनौटेको रातो पुल बगायो (भिडियाे)
मेलम्ची बाढीः चनौटेको रातो पुल बगायो (भिडियाे)
  • २०७७ चैत्र २२, १५: ४८: १४

नयाँ विकल्प सिन्धुपाल्चोक- शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ। स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे...

मेलम्चीमा फेरि गयो बाढीः रेडियो मेलम्चीको भवन ढल्यो, रातो पुल जोखिममा
मेलम्चीमा फेरि गयो बाढीः रेडियो मेलम्चीको भवन ढल्यो, रातो पुल जोखिममा
  • २०७७ चैत्र २२, १५: ४८: १४

नयाँ विकल्प सिन्धुपाल्चोक- मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए...

भर्खरै

TOP