June 21, 2021, Monday

काठमाडौं भित्रिने नाकामा अबदेखि एन्टिजेन परीक्षण हुने


नयाँ विकल्प,


काठमाडाैं- उपत्यका प्रवेश गर्ने शंकास्पद व्याक्तिकाे एन्टिजेन परीक्षण गरिने भएको छ ।

काठमाडौं जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले अब काठमाडौं प्रवेश गर्नेमध्ये शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्नु पर्ने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सम्बन्धित स्थानीय तहहरूलाई नाकाहरूमा हेल्थ डेस्क स्थापना गरेर शंकास्पद व्यक्तिहरूको एन्टिजेन परीक्षण गराउन निर्देशन दिएको जानकारी दिए।

साथै सबै स्थानीय तहहरूलाई क्वारेन्टिन र आइसोलेसन सेन्टर व्यवस्थापन गर्न पनि भनिएको छ। तर नाकाहरूमा कहिलेबाट एन्टिजेन परीक्षण सुरू गर्ने समय तोकिएको छैन।

प्रमुख जिल्ला अधिकारी पराजुलीले त्यसका लागि स्थानीय तहहरूले नै समन्वय र कार्यान्वयन गर्ने बताए। पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढेको र त्यसको जोखिम नेपालमा पनि रहेको औल्याउँदै उपत्यका प्रवेश गर्ने मानिसहरूमा जाँच कडा पार्न लागिएको हो।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७७ चैत्र २३, १७: २५: ३३

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७७ चैत्र २३, १७: २५: ३३

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७७ चैत्र २३, १७: २५: ३३

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP