May 17, 2021, Monday

सिक्किमलाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्पकाे धक्का नेपालसम्म


नयाँ विकल्प,


काठमाडाैं- भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का नेपालसम्म महसुस भएको छ । सोमबार साँझ सिक्किमलाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।


खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको झट्का नेपालको पूर्वी भूभागमा समेत महसुस भएको थियो । ‘जनकपुरसम्म पनि भूकम्पको ठूलो झट्का महसुस भएको जानकारी पाएका छौं’, उनले भने ।भारतीय सञ्‍चार माध्‍यमहरुले भने बिहार, पश्चिम बंगाल तथा आसामसहित देशका कयौ राज्‍यमा भूकम्पको धक्का महसुस भएको जनाएका छन् ।

यस्तै बिहारको पटना, किशनगञ्ज, अररियामा पनि भूकम्पको धक्का महसूस गरिएको छ भने दार्जिलिङ समेत गरेर उत्तर बंगलाका कयौ जिल्लामा भूकम्पको झट्का महसूस गरिएकाे छ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ चैत्र २४, ०७: ५३: १६

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ चैत्र २४, ०७: ५३: १६

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ चैत्र २४, ०७: ५३: १६

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP