May 14, 2021, Friday

कांग्रेसले बाँड्यो साढे ५ लाख क्रियाशील सदस्यता, १० लाखकाे लक्ष पुग्ला ?


नयाँ विकल्प,


काठमाडाैं-नेपाली कांग्रेसले बिहीबार दिउँसोसम्म ५ लाख ५० हजारभन्दा बढी क्रियाशील वितरण गरेकाे नावावली केन्द्रमा दर्ता गरेकाे छ। कांग्रेसले आगामी भदौ ७ देखि १० सम्म काठमाडाैंमा १४ औं महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गरेकाे छ ।

१४ औं महाधिवेशन अघि कांग्रेसले १० लाखभन्दा बढी क्रियाशील सदस्य वितरण गर्ने जनाएकाे छ । भदाैमा हुने महाधिवेशनकालागि पछिल्लाे पटक थप गरिएकाे समयतालिका अनुसार चैत मसान्त भित्र सबै जिल्लाकाे क्रियाशिल केन्द्रमा आइपुग्नु पर्छ ।


तर प्रदेश नम्बर २ र ५ मा मुख्यगरी समायोजनका विवाद रहेकाे कारण क्रियाशिल सदस्यता नै वितरण हुन सकेकाे छैन । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र सुनिल थापासँग आएका राप्रपाका नेता तथा कार्यकर्ता कांग्रेसमा समायोजन गर्न र समायोजन सके पनि कार्यान्वयनमा ल्याउन समस्या देखिएका छन्।

आन्तरिक विवाद देखिँदा कांग्रेसले तोकिएको समयभित्र सबै जिल्लामा क्रियाशील सदस्यता वितरण गर्न नसकेको हो। कांग्रेस केन्द्रिय समितिले ताेकेकाे समयमा वितरणकाे काम सक्न मुस्किल हुँदै गएकाे छ । क्रियाशील बाँड्न थप गरिएको समय चार दिन बाँकी रहँदा ५ जिल्लामा क्रियाशील सदस्यता वितरण सुरू भएको छैन। पछिल्लोपटक थप गरेको समयमा पनि नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको गरिरहेकाे छ ।


२० चैत देखि केन्द्रीय समिति बैठकले क्रियाशील बाँड्न बाँकी रवितरणकाे काम अझै सुरू हुन सकेकाे छैन् ।क्रियाशील सदस्यता वितरण र नवीकरणका काम धमाधम भइरहेका छन्। साँढे ५ लाख क्रियाशील सदस्यकाे विवरण केन्द्रमा आइसकेकाे मुख्य सचिव कृष्ण प्रसाद पाैडेलले जानकारी दिए ।

पाैडेलका अनुसार क्रियाशील सदस्यता वितरण ढिलो भइरहेका जिल्लाहरूमा केन्द्रीय छानविन समितिका सदस्यहरूलाई पठाइएको छ। विवाद देखिएका जिल्लामा समाधानकालागि केन्द्रले प्रतिनिधि खटाएकाे छ । आनन्द ढुंगाना र जीवन परियार प्रदेश नम्बर १ का विवाद समाधानका पुगेका छन् ।

बागमती र गण्डकीमा पौडेल र श्याम घिमिरे खटिएका छन्। कल्याण गुरूङ र योगेन्द्र चौधरी लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशअन्तर्गत विवाद देखिएका जिल्ला पुगेर समयमै क्रियाशीलको काम गर्न ताकेका गरिरहेका छन् भदौ ७ देखि १० गतेसम्म १४ औं महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका बनाएको छ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७७ चैत्र २६, १४: ५६: २४

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७७ चैत्र २६, १४: ५६: २४

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७७ चैत्र २६, १४: ५६: २४

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP