May 14, 2021, Friday

२६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन


नयाँ विकल्प,


काठमाडाैं- सरकारले २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

मन्त्री स्तरीय निर्णयअनुसार गृह मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा सरुवा हुनेमा अधिकांश प्रमुख जिल्ला अधिकारीहरु छन् । हाल गृह मन्त्रालयमा कार्यरत सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ ।

यस्तै, मन्त्रालयकै शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । होमप्रसाद लुइटेल लमजुङ र भरतमणि पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

त्यस्तै धमेन्द्र मिश्रलाई पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७७ चैत्र २६, १६: २८: ४४

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७७ चैत्र २६, १६: २८: ४४

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७७ चैत्र २६, १६: २८: ४४

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP