May 14, 2021, Friday

माओवादी केन्द्रले प्रदेश २ का ४ सांसदलाई पदमुक्त गर्‍यो


नयाँ विकल्प,


काठमाडाैं- नेकपा (माओवादी केन्द्र)ले प्रदेश २ का चार सांसदलाई पदमुक्त गर्न सभामुखलाई सिफारिस गरेको छ।

माओवादी केन्द्रले प्रदेश सभा सदस्यहरू रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा, ज्वाला साह र मोहम्मद समिरलाई पदमुक्त गर्न सिफारिस गरेको हाे ।

उनीहरू प्रदेश सभा सदस्य ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेपछि कारबाहीस्वरूप उनीहरूलाई पदमुक्त गर्न सिफारिस गरिएको हो। चारै जना प्रदेश सभा सदस्यलाई पदमुक्त गरिएको पत्र सभामुख सरोजकुमार यादवलाई बुझाइसकिएको उनले बताए।

यी चार जना नेकपा एमालेमा लागेपछि पार्टी केन्द्रीय समितिले स्पष्टिकरण सोधेको थियो। २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिए पनि नदिएपछि उनीहरूलाई पदमुक्त गरिएको संसदीय दलका नेता साहले बताए। माओवादी केन्द्रको प्रदेश सभामा ११ जना सांसद थिए।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७७ चैत्र ३०, १३: ३२: ५२

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७७ चैत्र ३०, १३: ३२: ५२

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७७ चैत्र ३०, १३: ३२: ५२

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP