June 21, 2021, Monday

यो सरकारले सञ्चार क्षेत्रको अधिकारलाई समेत कुण्ठित पार्ने प्रयास गरीरहेको छ

मुलुकमा देखिएको पछिल्लो राजनैतिक घटनाक्रमले के देखाउन खोजी रहेको छ भन्ने कुरा घाम जस्तै छर्लङ्ग भएको छ तर पनि राजनैतिक दलहरुले पासा पल्टाउन खोजी रहेका छन् । मधेशकेन्द्रीत दलहरु अवसर मात्र खोजी रहेका छन् ।

जसपामा सरकारमा जाने र नजानेबीच चर्को वादविवाद छदैछ । एउटा समूह जाने तरखरमा छ भने अर्को समूह नजाने तरखरमा छ । त्यसकारण जसपामा पनि निकै कष्टकर हुँदै गएको छ ।

नेपालको सत्ता समिकरणको खेलले कहिले पनि जनताको अपेक्षा पुरा गर्न सकेको छैन । यिनै समसामयिक विषयमा केन्द्रीत रहेर नयाँ विकल्प साप्ताहिकका लागि नेपाली काँग्रेसका नेता एनपी. साउदसँग हाम्रा संवाददाताले गरेको कुराकानीको सम्पादीत अशंः

नेपाली काँग्रेस पार्टीले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सम्भावना छ होइन ? तपाई के भन्नुहुन्छ ?

हाम्रो पार्टीको आन्तरिक वार्ता संवाद पनि चलिरहेको छ । सबै राजनीतिक दलले समर्थन गरेपछि आवश्यक संख्या पुगिसकेपछि मात्रै नेपाली काँग्रेस सरकारमा जाने कुरा आउँछ । अहिलेसम्म संख्या पुगिसकेको अवस्था छैन । जब संख्या पुग्छ तब उहाँ जाने निर्णय हुन्छ ।

नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा पार्टीको शिर्ष नेताहरुको बैठकलाई यहाँले कसरी लिनु भएको छ ?
एमाले पार्टी विरुद्धको सरकार गठनका सन्दर्भमा सबै गैह्र एमाले पार्टीहरु जति छन् । सरकार बाहिर रहेका पार्टीहरुका बिचमा आम सहमति हुनुपर्छ भन्ने कुरा नै मूल कुरा हो । त्यसमा सबै पार्टीले आफ्नो स्पष्ट धारणा राख्नुपर्छ ।

नेकपा एमालेको सरकारका विरुद्ध विगतमा आन्दोलन गरिराखेका यसका कतिपय कदमहरु ससंद विघटनदेखि लिएर अन्य कदमहरुलाई पनि असंवैधानिक र अलोकतान्त्रिक कदमका रुपमा हिँडेका जति पनि पार्टी छन् ति पार्टीहरु एक ठाउँमा आउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

सबै पार्टी किन र के–का लागि एक ठाउँमा आउने ? अहिलेको अवस्थामा नयाँ गठबन्धन हुन सक्ने अवस्था छैन नि तपाई के भन्नुहुन्छ ?
हिजोका दिनमा पनि यो सरकारले संविधानको धज्जी उडाइराखेको थियो । संवैधानिक निकायहरुलाई पंगु बनाउँदै थियो । अदालतदेखि लिएर अन्य निकायहरुलाई दुई तिहाइको दम्भको आधारमा दबाब सिर्जना गर्ने कोशिस गरिराखेको थियो । विभिन्न विधेयकहरु अधिनायकवादी किसिममा ल्याइराखेको थियो । पत्रकारहरुको अधिकारलाई, सञ्चार क्षेत्रको अधिकारलाई पनि कुण्ठित गर्ने प्रयत्न गरिराखेको थियो ।

धेरै पुरानो परम्पराबाट संगठित भएका गुठी पद्धतिबाट आफ्नो व्यवस्थापन गरिरहेका किसानहरुलाई पनि नियन्त्रणमा लिन खोजेको थियो र जग्गा माफियालाई सहयोग पु¥याउन खोजेको थियो ।

यी सब कुराहरु अझ भनौं भ्रष्टाचार बढिराखेको छ । रेमिट्यान्स घटेको छ, शिक्षा क्षेत्र अलपत्र छ । कर्मचारीतन्त्रमा जुन किसिमले पदनीय सरुवा, बढुवा भइराखेका छन्, त्यो राजनीतिक पूर्वाग्रहबाट पीडित छ । भ्रष्टाचार सोच्न नसक्ने गरि बढेको छ । भ्रष्टहरु निर्णायक तहसम्म पुगेको अवस्था छ ।

भ्रष्टाचारीको संरक्षण स्वयम प्रधानमन्त्री के.पी शर्मा ओलीले गरिराख्नु भएको छ । यस्तो अवस्थामा संसद्मा दुइ तिहाइ बहुमत ल्याएको सरकारले ससंद् विघटन गर्छ ।

विघटन गरेपछि अदालतले त्यसलाई अस्वीकार गर्छ । अदालतको अर्को निर्णयबाट एक भइसकेका दलहरु दुई ठाउँमा विभाजित हुन्छन् र गएको निर्वाचनमा पाएको जुन म्याण्डेड हो, त्यो म्याण्डेड खण्डित अवस्थामा पुग्छ, यि सब कारण हुन् । जसका कारणले अहिलेको सरकारका विरुद्धमा सबै पार्टीको बोलबन्दी गरेर एकै ठाउँमा आएर वैकल्पिक सरकार गठन गर्नुपर्छ भन्ने नेपाली काँग्रेसको मान्यता हो ।

वैकल्पिक सरकार गठन गर्नुपर्छ भन्दै गर्दा आजको दिनमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेको छैन नि ? तपाई के भन्नुहुन्छ ?
औपचारिक रुपमा नेकपा माओवादीले सरकारसँगको समर्थन फिर्ता गर्ने कुरा छ । मलाई लाग्छ नेकपा माओवादीले सरकारबाट समर्थन फिर्ता लिने कुरामा सकारात्मक नै छ र त्यो त्यत्रो ठूलो मुद्दा हो जस्तो मलाई लागेको छैन । संख्याको निश्चितमा पुग्ने स्थिति आएपछि मात्रै फिर्ता लिने कि त्यो भन्दा अगाडि नै फिर्ता लिएर परिस्थितिलाई एउटा दबाबको आधारमा छोडिदिने यि प्रमुख कुरामा नेकपा माओवादी अन्तर द्धन्द्धमा परेको हो ।

जहासम्म नेपाली काँग्रेसको कुरा छ हामीले नेकपा माओवादी पार्टीलाई तपाईहरुले समर्थन फिर्ता लिदा पनि हुन्छ र उहाँहरुले समर्थन फिर्ता लिँदाखेरी यो सरकार हट्ने बाटो खुल्छ र विभिन्न राजनीतिक दललाई स्पष्ट हुन्छ भनेर भनेकै छौं । जहासम्म जसपा पार्टीको कुरा छ जसपाले संस्थागत रुपमा आफ्नो पोजिसन क्लियर गर्नुपर्छ ।

संस्थागत रुपमा जसपा अहिलेको अवस्थामा वर्तमान सरकारसँग छ या प्रतिपक्षसँग र हिजो आन्दोलनसँगै गरेको प्रतिपक्षी पार्टीहरुसँग जसपाको गठबन्धन हुन्छ या सरकारसँग केही कन्सेसनको आधारमा अहिलेको सरकारलाई सहयोग पु¥याउने निर्णयमा जसपा पुग्छ, या पुग्दैन निर्णयमा जसपा पुग्न जरुरी छ ।

यदि तपाईहरुलाई जसपाले साथ दिन तयार भएन भने के हुन्छ ?
जसपाले हामीलाई साथ दिन तयार भएन भने वैकल्पिक सरकार बन्दैन र यही सरकार लगातार हुन्छ ।

त्यसपछि तपाईहरु निर्वाचनमा जान तयार हुनुहुन्छ होइन त ?
निर्वाचनमा जाने कुरा त संविधानले निर्धारित गर्ने कुरा हो । केही दिन पूर्व मात्रै निर्वाचनमा जाने या नजाने भन्ने बारेमा चाही अदालतले नजिरै प्रतिपादन गरिसकेको छ ।

प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन भनेर अदालतले भनि सकेको छ । प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नै नभएपछि कसरी निर्वाचनमा जान्छ ? केपी शर्मा ओलीको सरकारले बहुमत पायो भनेपनि यो चुनावमा जादैन र अहिलेको केपी शर्मा ओलीको सरकारले बहुमत पाएन भनेपनि यो विश्वासको मत लिनुपर्ने अवस्था आयो भनेपनि विश्वासको मत लिन पाएन भनेपनि वैकल्पिक सरकार गठनकै प्रक्रियामा जान्छ ।

अहिले निर्वाचनको कुरा यो स्थितिमा संविधानसँग बाझ्न सक्छ । निर्वाचनमा जाने कुरा राष्ट्रिय सहमतिले मात्र जान सक्छ । संसदबाट पारित गरेर चाडै निर्वाचन गराउने भन्ने निर्णय गरेर मात्रै हामी निर्वाचनको सरकार गठन गरेर हामी निर्वाचनमा जान सक्दछौं । सरकार गठनको प्रक्रियाबाट निर्वाचनमा जाने कुरा चाही अन्तिम मात्रै सम्भव छ ।

त्यसोभए नेपाली काँग्रेस पार्टी अर्लि निर्वाचनको पक्षमा छैन होइन त ?
नेपाली काँग्रेस पार्टी निर्वाचनको पक्षमा छ । नेपाली काँग्रेस नेकपा विरुद्धको गठबन्धन गरेर आफ्नो नेतृत्वमा सरकार बनाएर सिघ्र निर्वाचनको बाटोबाट अगाडि बढ्न चाहन्छ । संसद्बाटै निर्वाचन चाडो गर्ने कुरालाई पारित गरेर नेपाली काँग्रेस पार्टी निर्वाचनको प्रक्रियालाई अगाडि बढाउन चाहन्छ ।

त्यसोभए शेरबहादुर देउवाकै नेतृत्व भएको सरकारले निर्वाचन गराउनुपर्छ भन्ने पक्षमा नेपाली काँग्रेस पार्टी हो त ? तपाई के भन्नुहुन्छ ?
शेरबहादुर देउवाकै नेतृत्वको सरकारले निर्वाचन गर्न सक्छ, गर्न मिल्छ भन्ने कुरा हामीले संविधानतः भन्न मिल्दैन पनि होइन पनि, हामीले अहिलेको सरकारले गरेको काम असंवैधानिक कदम भनेर अदालतले समेत प्रतिक्रिया दिइसकेपछि र आफ्नो पार्टी पनि टुटिसकेपछि अहिलेको सरकारले पाएको म्याण्डेड खण्डित भइसकेको अवस्था छ । सरकारले जसरी सरुवा बढुवा रातदिन गरिराखेको छ ।

यो सरकारले जसरी ब्युरोक्रेसीलाई लगातागर दुःख दिइराखेको छ । यो स्थितिमा एउटा प्रजातान्त्रिक संस्कार, चरित्र भएको पार्टी सरकारमा आयो भने त्यो सरकारले गराएको निर्वाचन प्रजातान्त्रिक हुन्छ । लोकतान्त्रिक हुन्छ । नेपाली काँग्रेस त्यसका लागि आदर्श पार्टी हो । २०४८ सालमा स्वयम प्रधानमन्त्री निर्वाचन हारेको उदाहरण प्रस्तुत भएको देख्नुभएको छ ।

गएको निर्वाचनमा नेपाली काँग्रेसकै नेतृत्वमा सरकार थियो तर हामी निर्वाचन हा¥यौ । तर संविधानलाई चाही पूर्णता कार्यान्वयन ग¥यौ । त्यसकारण कम्युनिष्टहरु प्रजातन्त्रलाई रणनीतिक रुपमा सत्तामा जाने सन्दर्भमा प्रयोग मात्रै गर्ने भएको हुनाले उनीहरुले गरेको निर्वाचन स्वच्छ, निश्पक्ष हुन सक्दैन ।

उनीहरु अर्थतन्त्र सबैलाई प्रयोग गरेर आफू जसरी पनि जित्ने कुरालाई प्राथमिकता दिन्छन् । त्यसको ठाउँमा नेपाली काँग्रेस पार्टी सरकारमा आयो भने स्वच्छ, निश्पक्ष र स्वतन्त्र निर्वाचन गर्न सक्दछ ।

त्यसोभए नेपाली काँग्रेस पार्टीको सरकारमा निर्वाचन हुने आधार के हो त ?
यो आधार जसपाको समर्थनमा निर्भर गर्दछ । जसपाले गैह्र एमाले सरकारलाई समर्थन ग¥यो भनेपछि तत्काल हामी सरकार बनाउन सक्छौं र यो सरकारका विरुद्ध अविश्वासको प्रस्ताव राखेर यो सरकारलाई हटाउन सक्दछौं । १३८ जना सासंद्को दस्तखत पुग्ने हो भने हामी यो सरकारलाई एक मिनेट पनि सरकारमा बस्न दिने छैनौं ।

तर काँग्रेसकै कतिपय नेताले कि केपी शर्मा ओलीकै नेतृत्वमा निर्वाचनमा जानुपर्छ र काँग्रेस प्रतिपक्षमा बस्नुपर्छ भनेका छन् नि तपाई के भन्नुहुन्छ ?
अनावश्यक सन्धि–सम्झौता गरेर काँग्रेसले अहिलेको जुन छवि छ, त्यसलाई धुमिल हुने किसिमले नेपाली काँग्रेस पार्टी सरकारमा जानु हुँदैन भन्ने कुरा मात्रै हो । स्वतन्त्र प्रतिस्पर्धाका सन्दर्भमा राजनीतिक शक्तिको विश्वास आर्जन गर्ने सन्दर्भमा यसले सरकारमा गएर गर्ने कामहरु चाहि प्रतिपक्षमा बस्नु भन्दा सहरिक रुपमा ज्यादा प्रभावकारी हुन्छ ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७७ चैत्र ३०, १४: ५८: ४२

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७७ चैत्र ३०, १४: ५८: ४२

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७७ चैत्र ३०, १४: ५८: ४२

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP