June 21, 2021, Monday

२७ सय छुने तरखरमा नेप्से : बजारमा लगानीकर्ता झुम्मिन थाले


नयाँ विकल्प,


काठमाडाैं- सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नयाँ वर्ष लाग्नै लाग्दा बजारमा पनि चमक थपिएको हो । माइक्रोफाइनान्स, बैंक, विकास बैंक, निर्जीवन बिमा लगायतका समूहमा चमक देखिएको छ ।

समग्रमा बजारको माहोल सकरात्मक रहेको छ । नेप्से सूचक र कारोबार भोलुमले पनि साथ दिंदै गएको छ । नेप्से सूचक २७ सय विन्दुकै आसपासमा आइपुगेको छ । सोमबार सूचक १७.२० अंकले वृद्धि भएर २६९१.५५ मा आइपुगेको हो । ७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१६ कम्पनीको १ करोड ३८ लाख २१ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । मसान्तमा ब्याज तिर्नका लागि लगानीकर्ताले पैसा जोहो गरिसकेका छन् ।

यसकारण पनि आगामी दिनमा बजार अझै गतिशील हुने विश्वास गरिएको छ । अब बिक्री भन्दा खरिद चाप नै अधिक हुने विश्वास गर्न सकिन्छ । अब मंगलबार यस वर्षकै अन्तिम सेयर कारोबार हुनेछ । नयाँ वर्षसँगै लगानीकर्तामा पनि नयाँ उमंग देखिने अपेक्षा गरिएको छ । नयाँ वर्ष लागेसँगै वित्तीय प्रणालीमा तरलता सहज हुँदै जाने अनुमान छ ।

अब तेस्रो त्रैसमाको वित्तीय विवरण पनि आउन थाल्नेछ । कोरोना कहरका बीचमा पनि औसतमा सूचीकृत कम्पनीहरुको मुनाफामा सकारात्मक प्रभाव परेको आँकलन गरिएको छ । सेयर बजारको सिजन आउँदैछ । यी पक्षहरुले बजार सुधारमा सहयोग गर्ने धेरै लगानीकर्ताको बुझाई रहेको छ । बजार बुलिस ट्रेन्डमा रहेकाले पनि आगामी गति थप सकारात्मक हुने अपेक्षा गर्न सकिन्छ ।

सूचकका साथमा खरिदबिक्री रकम पनि क्रमशः विस्तार भइरहेकाले बजारमा एक किसिमको नयाँ माहोल खडा भएको पाइएको छ ।
१३ मध्ये ७ समूहको सूचक वृद्धि भएको छ । ५ कम्पनीको भाउ सर्किट लाग्ने तहमा वृद्धि भएको छ । कारोबार रकममा २५ करोड रुपैयाँभन्दा बढीसहित एनआइसी एसिया बैंक सबैभन्दा अग्रस्थानमा रहेको छ । दोस्रोमा नबिल बैंक र तेस्रोमा निफ्रा परेका छन् । नेपालीपैसबाट

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७७ चैत्र ३०, १५: ५१: २०

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७७ चैत्र ३०, १५: ५१: २०

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७७ चैत्र ३०, १५: ५१: २०

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP