June 21, 2021, Monday

सतर्कता र सजगताको निरन्तरता

१. नेपाल पत्रकार महासंघको २६ औँ निर्वाचन २०७७ साल चैत्र २५ गते बुधवार नेपालभरि एकैपटक मतदान भएर सम्पन्न भयो । यसपटकको निर्वाचनको विशेषता भनेको सम्पूर्ण सदस्यहरुले आफ्ना स्थानीय तथा जिल्ला नेतृत्व, प्रादेशिक नेतृत्व तथा केन्द्रीय नेतृत्वका लागि एकै स्थानबाट मतदान गरेर आगामी ३ वर्षका लागि प्रत्यक्ष नेतृत्व निर्माण गरेको कुराले हो ।

२. निर्वाचनमा हारजित हुन्छ र कसैले जित्छ त कसैले हार्छ । सर्वसम्मत तरिकाले निर्वाचन हुँदा पनि आकांक्षी सबैले सबै पदमा ठाउँ पाउने कुरै हुँदैन । यसपटकको निर्वाचनमा पनि केन्द्रको निर्वाचनले अरु सबै कुरालाई छायामा पारेको थियो ।

मुख्यतः पदासीन वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलको अध्यक्षताको नेतृत्वको समूह र वरिष्ठ पत्रकार तथा नेपालको सञ्चारक्षेत्रमा स्थापित नाम निर्मला शर्माको अध्यक्षताको नेतृत्वको समूह नै मुख्य प्रतिस्पर्धामा देखियो । मुलुकभर मिश्रित नतिजा आए पनि मुख्यतः विपुल पोखरेल नेतृत्वको समूहले अत्यधिक जिल्लामा र प्रदेश, एसोसियट आदिमा नेतृत्व हासिल गरेको देखियो ।

३. निर्वाचनमा कडा प्रतिस्पर्धाका लागि देखिएका समूहहरुका बिचमा सौहार्र्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुनु र एकैदिनमा, एकै समयमा नेपालभरको निर्वाचन व्यवस्थापन गर्नुमा नेपाल पत्रकार महासंघ परिपक्व प्रजातान्त्रिक संस्थाको रुपमा मात्र होइन कि असल व्यवस्थापनका लागि पनि परिपक्व हुँदै गएको बुझ्न सकिन्छ ।

४.पत्रकारिताका वारेमा नेपाली परिप्रेक्ष्य अचम्भको छ । एकातिर मानवीय सचेतनाका लागि विश्वमा नै नेपाली प्रेस प्रजातन्त्रका लागि जहिले पनि जे पनि त्याग गर्न तयार भएको देखिन्छ भने अझै श्रमजीवी पत्रकारहरुको पेसागत सुव्यवस्थापन हुन नसकेको पनि साँचो हो । पत्रकारिताले उद्योगको ठाउँ पनि लिइसकेको छ एकातिर भने सूचनाको ज्ञानलाई आम जनतामाझ अझै पु¥याउने चुनौती भने बाँकी नै छ । पत्रकारहरुको निर्वाचनमा सबैभन्दा बढी उठ्ने प्रश्न नै श्रमजीवी पत्रकारहरुको पेसाको प्रत्याभूतिसँगै जीविकोपार्जनको सुव्यवस्था पनि हो ।

५. यी प्रश्नहरु कहिलेसम्म अनुत्तरित भइरहने हुन् ? पत्रकारका नेताहरुसमेत यिनै प्रश्नभित्रका अनुत्तरित उत्तरको खोजीमा हुन्छन् । वास्तविक पत्रकारिता र सौखिन पत्रकारिताका बिचमा फरक छुट्याउन पनि गाह्रो छ किनभने श्रमको मूल्य त सबैले खोज्छन् ।

६. अहिलेको निर्वाचनमा साधारण सदस्यहरुले समेत नेतृत्वको लागि प्रत्यक्ष मतदान गरेकाले अपेक्षा अलि बढी नै चुलिएको देखिन्छ ।समस्याहरुको वर्गीकरण गरेर प्राथमिकताका आधारमा समाधान गर्दै जाने चलन बसोस् भन्ने चाहना सबैको छ । एकातिर मुलुकमा प्रजातन्त्र सधैँ खतरामा रहने र अस्थिर राजनीतिको चपेटामा सधैँजसो सञ्चारकर्मी नै पर्ने भएकाले पत्रकारका नेताहरुको दोहोरो दायित्व स्मरणीय छ ।

प्रजातन्त्र पनि चाहिन्छ किनभने यदि प्रजातन्त्र नै भएन भने कसरी स्वतन्त्र पत्रकारिताले प्रश्रय पाउला ? पत्रकारहरु पनि चाहिन्छ नत्र कसरी प्रजातन्त्र खतरा छ भनेर थाहा पाइन्छ र ? सूचनाको खेतीमा निडर पत्रकारले मात्र सही समाचार र विचार पस्कन सक्छ तर त्यो श्रमजीवी पत्रकारको निर्वाहका लागि अन्य काम गर्नुपर्ने अवस्था आयो भने पत्रकारिता अलपत्रकारितामा परिवर्तन हुन्छ ।

७.विपुल र विपुलका साथीहरु जो जो नेतृत्वमा आउनु भएको छ , सबै हामी पत्रकारका नेताहरु हुनुहुन्छ । प्रतिस्पर्धामा जुन जुन समूह र वर्गमा देखिए पनि आम पत्रकारहरुले जिम्मा दिएका छन्—व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्दै, सामूहिक हितका लागि समाज, राज्य र अन्तराष्ट्रिय स्तरमा समेत काम गर्न र मुलुकमा सूचनाको हकलाई स्थापित गर्न गराउनका लागि लागिरहने मानव अधिकारको रक्षाका लागि प्रोत्साहित नागरिक तयार गरिरहने ।

८. नेपाल पत्रकार संघदेखि नेपाल पत्रकार महासंघसम्मको यात्रामा सूचनाको खेतीले सधैँ उच्च स्थान पाएको छ र अग्रजहरुले बनाएको बाटोमा अझ सिँढी थप्ने काम भविष्यमा पनि हुँदै जानेछ भन्ने आशा गर्न सकिन्छ ।

समाज अग्रगतिमा छ र पनि कतिपय स्थापित मान्यता सर्वकालिक हुन्छन् र तिनको काँटछाँट र आमूल परिवर्तनभन्दा तिनको उच्च प्रयोगले मात्र प्रेस स्वतन्त्रताले उर्वरता पाउँछ । त्यो भनेको मानवीय स्वतन्त्रताको रक्षा नै हो । नैतिकता, पेसागत मान्यता, उच्च आदर्श सबै नै मानवीय स्वतन्त्रताका अभिन्न अवयवहरु हुन् ।

९. बेला मौकामा आउने समस्या भनेको सरकारसँगको सम्बन्ध पनि हो । कुनै पनि सरकार पक्कै नै निरंकुशरुपमा आफ्ना कुराहरु लागू गर्न चाहन्छ । पत्रकारहरुलाई निजामती कर्मचारी सरह या प्रहरी या सेना सरह सरकारको नितान्त स्थार्थमा संरक्षण गराउन चाहन्छ ।

जहाँ प्रेस स्वतन्त्रता छ , त्यहाँ सरकारको भूमिका भनेको प्रेस स्वतन्त्रताको रक्षा गर्नेमात्र हुन्छ, मानवीय मूल्यको रक्षा गर्दा प्रेसलाई पर्ने समस्याको समाधानका लागि सहयोगी भूमिकामा सरकार हुन्छ । सरकार सबैको रक्षक हो र झन सरकारका तीन अङ्गको रेखदेख गर्ने संस्थाका लागि संयमित सरकार नै सहयोगी हुनुपर्ने हो तर हाम्रो परिप्रेक्ष्य अलि फरक यसकारणले छ कि सरकारले दिने विज्ञापनको सहयोगले चल्नु पर्ने बाध्यता जो पत्रकारितामा छ ।

१०. सरकारले के बुझेको छैन भने विद्यालयमा पनि त सरकारले लगानी गर्छ, अस्पतालमा पनि लगानी गर्छ, विद्युतमा पनि लगानी गर्छ र सडकमा पनि लगानी गर्छ या आधारभूत आवश्यकताको परिपूर्तिका लागि अर्बौँ लगानी गर्छ । ती लगानीहरुको प्रतिफल सरकारलाई प्रत्यक्ष आउँदैन । ठिक त्यस्तै हो, सूचनाको हक र सूचनाको विस्तारका लागि दिइने विज्ञापनको खर्च भनेको सरकारको भिक्षा होइन कि सरकारको कामका लागि सहयोग गरेको हो सार्वजनिक सूचना जनतामा पु¥याउन ।

११. र अन्त्यमा, स्वतन्त्रताका पक्षमा जुनसुकै सरकारलाई सम्झाउनु पर्छ , सरकारलाई उसका संवैधानिक दायित्वका वारेमा सूचित गरिरहनु पर्छ अन्यथा सरकार निरंकुश हुन्छ । यो महासंघको नेतृत्वको पहिलो कर्तव्य नै सरकारलाई मानवीय मूल्यका वारेमा कुनै पनि हस्तक्षेप नगर्न र जनताका प्रजातान्त्रिक हक अधिकारहरुको सुनिश्चितता गराउने काममा सतर्क गराउने ।

यहीँ नै हो सबै कमजोरी देखिने जहाँ सरकारले पत्रकारहरुलाई टेर्न छोड्छ र पत्रकारितालाई निजामती कर्मचारीको जस्तो अनुशासनमा राख्ने काम सुरु गर्छ । विपुलको नेतृत्वको यो पत्रकारहरुको सम्पूर्ण नेतृत्वले आफूलाई प्रजातन्त्र, स्वतन्त्रता र सूचनाको निर्वाध प्रवाहमा लगाउन मात्र सके पनि पत्रकार महासंघको औचित्यमाथि प्रश्न उठाउनेहरु आफैँ महासंघका कामको प्रशंसा गर्नेछन् किनभने तिनको पनि मानव अधिकारको सुरक्षा सुनिश्चित भएको हुन्छ ।

यो विपुलको मात्र काम होइन, हामी सबैको दायित्व हो कि विपुलले सरकारलाई सतर्क गराउने अनि हामीले विपुलसहितका नेताहरुलाई उनीहरुका कर्तव्य र अधिकारप्रति सतर्क गराइरहने ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७७ चैत्र ३१, १२: १८: ५१

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७७ चैत्र ३१, १२: १८: ५१

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७७ चैत्र ३१, १२: १८: ५१

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP