June 21, 2021, Monday

अम्डेकरको जन्म जयन्ती नेपालमा पनि मनाइयो


नयाँ बिकल्प,

भारतीय संविधानका मस्यौदाकार बाबा साहेब भीम राव अम्बडेकरको जन्म जयन्ती नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइयो ।

भारतीय स्वतन्त्रताको ७५ औं वर्षमा हाल सन्चालन भइरहेको इण्डिया एटदरेट सेभेन्टी फाईभ नामक कार्यक्रमको एक हिस्साको रुपमा काठमाडौंस्थित भारतीय राजदूतावास तथा काठमाडौं विश्वविद्यालयले सोमबार अम्बडेकर जयन्तीको अवसरमा छलफल कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले आधुनिक भारतको निर्माणमा बाबा साहेब भीम राव अम्बेडकरको भूमिका तथा समाजका सीमान्तकृत वर्गको सामाजिक उत्थानमा उनले दिएको योगदानको स्मरण गरेका थिए ।
भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति विभागका प्रथम सचिव नवीन कुमारले विद्यार्थीहरुलाई ‘बाबा साहेब’ का विचारधारालाई अनुसरण गर्न प्रेरित गर्नु पर्नेमा जोड दिए ।

स्कुल अफ लका डिन डा.ऋषिकेश वाग्लले आधुनिक भारतको निर्माणमा र भारतको राजनीतिक तथा सामाजिक—आर्थिक रुपान्तरणमा भारतको संविधानको भूमिका बारे चर्चा गर्दै यसमा डा. अम्बेडकरको विशेष भूमिका रहेको जानकारी गराए ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा. केदारनाथ शर्मा र स्कुल अफ आट्र्सका डिन प्राध्यापक डा. सागरराज शर्माले भारतीय समाजको रुपान्तरणमा डा. अम्बेडकरको भूमिको खुलेर प्रसंशा गरे ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा.उद्घव प्याकुरेल र काठमाडौं विश्वविद्यालयका विद्यार्थीको सहभागीता थियो । सो अवसरमा बाबा साहेब अम्बेडकरको जीवनीमा आधारित ‘मूक नायक’ नामक वृत्तचित्र देखाइएको थियो ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७७ चैत्र ३१, १३: ३५: १८

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७७ चैत्र ३१, १३: ३५: १८

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७७ चैत्र ३१, १३: ३५: १८

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP