May 14, 2021, Friday

नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा आमाको रकम लिएर बेवास्ता गरेपछि पक्राउ


नयाँ बिकल्प,
धन, सम्पत्ति, पद र प्रतिष्ठाको लागि न्युनतमक कर्तव्यस समेत भुलेर जन्म दिने आमालाई बेवास्ता गर्ने एक छोरी, जो नेपाल राष्ट्र बैंकको निर्देशक रहेकी छन्, उनलाई प्रहरीले गिरफ्तार गरेको छ ।

आफ्नी ८४ वर्षीया आमा शोभा रिजालको छोरी सुस्मा रेग्मी रिजालले सबै सम्पत्ति जालसाजीपूर्वक लिएर सन्तानको कर्तव्य पूरा नगरेको भन्दै छोरीविरुद्ध जाहेरी दिएपछि सुष्मा पक्राउ परेकी हन् ।

२०७६ साल मंसिर १ गते सुष्माले बुबा भुपेन्द्रप्रसाद रिजालको मृत्यु भएपछि आमा शोभालाई आफूसँगै राखेकी थिइन् । तर, सुष्माले स्वर्गीय वुवा भुपेन्द्रप्रसाद र आमा शोभाको माछापुछ्रे बैंकमा रहेको संयुक्त खातामा रहेको सुन र चाँदीसहित करिव तीन करोड रुपैयाँ झिकेकी थिइन् ।

आमा शोभा रिजालको जाहेरीका आधारमा सुष्मालाई जिल्ला अदालत काठमाडौंको आदेशमा पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । प्रहरीले सुष्मामाथि ज्येष्ठ नागरिकलाई बेवास्ता गरेको आरोपमा मुद्दा चलाएको जनाएको छ । सुष्माले जालसाजीपूवर्क आमाको रकम झिकेपछि प्रहरीसमक्ष आमाले उजुरी दिएकी थिइन् ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७७ चैत्र ३१, १६: १२: २८

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७७ चैत्र ३१, १६: १२: २८

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७७ चैत्र ३१, १६: १२: २८

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP