May 10, 2021, Monday

कांग्रेसद्वारा कोभिड १९ को संक्रमण नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

नयाँ बिकल्प,

काठमाडौं – नेपाली कांग्रेसले कोभिड—१९ कोे संक्रमण नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने र यसको संक्रमण फैलिएर संक्रमितको संख्या ह्वातै बढ्दै गएको भन्दै गम्भीर विरामी भएकाहरुको उपचारको लागि तयारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री तथा कोभिड १९ अनुगमन समिति संयोजक डा. प्रकाशशरण महतको अध्यक्षमा मंगलबार बसेको बैठकले
गम्भीर विरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्न माग गरेको छ ।

समितिले अन्तर्राष्ट्रिय उडान र सिमा नाकाबाट आउनेलाई व्यवस्थित चेक जाँच र क्वारेन्टाइनको व्यवस्था गर्न, कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुलाई लक्षित गरी पिसिआरको परिक्षण दायरालाई व्यापक बनाउन र कोभिड—१९ को विरुद्ध आम जनतालाई खोप पु¥याउने काम गर्न सरकारसँग माग गरेको छ ।

‘खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गरियोस्, स्वास्थ्यकर्मीको विमा र जोखिम भत्ता दिने घोषणा कार्यान्वयन गरियोस, सबै अस्पतालहरुमा स्वास्थ्यकर्मीको संख्या थप गरियोस्, पूर्वाग्रही ढंगले प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारी रवैयाको अन्त्य गरियोस्’, संयोजक डा. महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

देशले फेरि लकडाउनको अवस्था धान्न नसक्ने भन्दै डा. महतले हरेक व्यक्तिलाई मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा कायम गराउन, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न महतले माग गरेका छन् ।

कोभिडको कारण २०७८ संकटपूर्ण हुन नदिन स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई अनिवार्य मास्क लगाउने, सेनेटाइजर र सावुन पानीको प्रयोग गरी हात सफाईमा ध्यान राख्ने र भौतिक दुरी कायम गर्दै संक्रमणको जोखिमलाई कम गर्न डा. महतले अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

नेपाल-खनाल समुह बैठकः   ओलीलाई  विश्वासकाे मत नदिने निर्णय
नेपाल-खनाल समुह बैठकः ओलीलाई विश्वासकाे मत नदिने निर्णय
  • २०७७ चैत्र ३१, १७: ०६: ४०

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित
  • २०७७ चैत्र ३१, १७: ०६: ४०

नयाँ विकल्प, काठमाडाैं-यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल...

नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
  • २०७७ चैत्र ३१, १७: ०६: ४०

नयाँ विकल्प, काठमाडाैैं- नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको...

भर्खरै

TOP