May 14, 2021, Friday

कांग्रेस र माओवादीका कारण एमसिसी सम्झौता पेस हुन सकेनः प्रधानमन्त्री


नयाँ विकल्प,


काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता एमसिसीमा संसदले निर्णय नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रका कारण एमसिसी सम्झौता सदनमा पेस हुन नसकेको बताए। उनले ती दुबै पार्टी सरकारमा हुँदा एमसिसी सम्झौता अघि बढाउने निर्णय भए पनि आफ्नो सरकारले संसदमा पठाएको सम्झौता निर्णयार्थ पेस नै नगरिएको बताए।

उनले यस्तो गरिनु संविधानविपरीत भएको पनि बताए। ‘सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन तर अहिले हामीले संविधान नै नमान्ने र जिद्दी गर्ने प्रवृत्ति झेलिरहेका छौं,’ उनले भने।
ओलीले सामाजिक सुरक्षा भत्ता वृद्धि हुने बताएका छन्।

आउँदो बजेटबाट सामाजिक सुरक्षा भत्ता बढाइने उनले बताए। ओलीले भने, ‘सामाजिक सुरक्षा भत्ता महिनाको एक सयबाट सुरू गरिएको थियो। अहिले दिनको एक सयमा पुगेको छ। आगामी दिनमा बढ्छ। आउँदो बजेटमा अझै वृद्धि गरिनेछ।’

उनले जनतालाई आशा र भविष्यप्रति विश्वास जगाउने काम सरकारले गरेको बताए। सरकारले केही गरेन भनेर केहीले भड्काउन खोजे पनि त्यो सफल नभएको उनले बताए। दिनमा साढे ५ किमीका दरले बाटो बनेको उनले बताए। दिनमा १२ वटा आवास बनेको उनको भनाइ छ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७८ बैशाख १, १३: ४८: ५७

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७८ बैशाख १, १३: ४८: ५७

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७८ बैशाख १, १३: ४८: ५७

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP