May 19, 2021, Wednesday

दुर्घटनामा ज्यान गुमाएका कर्मचारीकाे शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मी बन्द

नयाँ विकल्प,


गुल्मी – प्युठानमा हिजो जीप दुर्घटनामा परि ज्यान गुमाएकाको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मी बन्द गरिएको छ । दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्य पन्थी, खरिदार ईश्वरी भण्डारी, यम लालपन्थी र चालक केशव कार्कीको जीप दुर्घटनामा ज्यान गएपछि प्रशासनले शोकमा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीका अनुसार आज कार्यालयको सबै कामकाज पूर्णरुपमा बन्द रहने र भोलिदेखि सोमवारसम्मका लागि शान्ति सुरक्षा र मुद्दा सम्बन्धीका कामकाजबाहेक अन्य सेवा बन्द हुने जानकारी दिए ।


हिजो गुल्मीको सदरमुकाम तम्घासबाट स्वर्गद्वारी दर्शनका लागि छुटेको लु १ ज १६५५ नम्बरको जीप प्युठान नगरपालिका ३ रुमाले नजिकै दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो । घाइते भएका ७ जनाको काठमाण्डौमा उपचार भइरहेको छ भने एक जनाको प्युठान अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७८ बैशाख २, १३: ३६: ०९

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७८ बैशाख २, १३: ३६: ०९

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७८ बैशाख २, १३: ३६: ०९

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP