June 21, 2021, Monday

महामारीबिरुद्ध लड्न भारतले ८० बढी देशमा खोप दिएको दाबी


नयाँ बिकल्प,

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणको बिरुद्ध भारत सरकारले विश्वका सिंगो समुदायलाई खोप बितरण गरेको दाबी गरेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रायसीना संवादको छैठौं संस्करण २०२१ को चैत्र ३१ गते आयोजित भर्चुअल सम्मेलनलाई संवोधन गर्दै भारतले आफ्नै स्रोतमा निर्भर भई आफ्ना नागरिकलाई महामारीको कहरबाट बचाउन भरमग्दुर कोसिस गरेको बताए ।

‘महामारीको घडीमा हाम्रो आफ्नै स्रोतमा निर्भर भई हामीले हाम्रा बाचाहरुलाई पूर्णता दिन प्रयास ग¥यौं । हामीले हाम्रा १ अर्ब ३० करोड जनतालाई महाव्याधिबाट बचाउन र अरुलाई पनि महामारी विरुद्ध लड्न सहयोग गर्ने प्रयास गरेका छौं’, मोदीले भने ।

उनले कैयौं अप्ठ्याराका बाबजुद भारतले यो वर्ष ८० भन्दा बढी देशहरुलाई कोरोना विरुद्धको खोप प्रदान गरेको बताउदै उनले े महामारीसँग लड्न भारतले निरन्तर रुपमा आफ्नो अनुभव, दक्षता एवम् स्रोत सिंगो मानव समुदायसँग बाँड्ने बताए ।

‘भाइरल वल्र्डः आउट ब्रेक, आउट लाइन्स एण्ड आउट अफ कन्ट्रोल’ विषय रहेको यो पटकको पाँच दिने संवादमा विश्व स्वास्थ्य संगठनको बहुपक्षिय पुनःनिर्माण, सुरक्षा, वितरणमा विविधता, विश्वब्यापी फैलावट, विकास, बृद्धि र लैंगिक’ विषयबस्तुमा संवाद केन्द्रीत हुने बताइएको छ ।

उद्घाटन समारोहमा रुवान्डाका राष्ट्रपति र डेनमार्कका प्रधानमन्त्री प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने स्वीडेनका पूर्वप्रधानमन्त्री कार्ल बिल्ट, अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री एन्थोनी एबोट, न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्कको पनि सहभागीता थियो ।

समारोहमा फ्रान्स, पोर्चुगल, स्लोभेनिया, रोमानिया, सिङ्गापुर, नाइजेरिया, जापान, इटली, स्वीडेन, अस्ट्रेलिया, केन्या, चिली, मालदिभ्स, इरान, कतार, पोल्याण्ड, टर्की र भुटानका परराष्ट्रमन्त्री संवाद कार्यक्रममा उपस्थित थिए ।

सन् २०१६ बाट सुरु भएको र प्रत्येक वर्ष आयोजना हुने रायसीना संवाद भू–राजनीति र भू–अर्थसँग सम्बन्धित भारतको अत्यन्तै महत्वपूर्ण सम्मेलन हो । यो सम्मेलनलाई भारतको विदेश मामिला मन्त्रालय र अब्जरभर रिसर्च फाउन्डेसनले संयुक्त रुपमा आयोजना गर्ने गरेको छ ।
कोभिड–१९ ले निम्त्याएको विषम परिस्थितिका कारण आयोजकहरुले सो संवाद कार्यक्रम भर्चुअली आयोजना गर्ने निर्णय गरेका थिए ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७८ बैशाख २, १५: २१: ३१

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७८ बैशाख २, १५: २१: ३१

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७८ बैशाख २, १५: २१: ३१

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP