June 21, 2021, Monday

नयाँ वर्षसँगै एघारौं इन्फिल्ड पोकर रनमा १५० जना सहभागी


नयाँ बिकल्प
,

काठमाडौं – नेपाल पर्यटन बोर्डको सहकार्यमा ट्रेकिङ कम्पनी ‘स्याक्रड समिट्स’ ले यस वर्षको ‘एघारौं इन्फिल्ड पोकर रन’ कार्यक्रम आयोजना गरेको छ । नेपालमा सन् २००९ मा शुरू भएको सो कार्यक्रम गत वर्ष कोरोना महामारी कारण स्थगित भएको थियो ।

नेपाली नयाँ वर्षको अवसरमा आयोजना गरिएको सो कार्यक्रमको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले फ्ल्याग अफ गरी शुभारम्भ गरेका थिए । ‘फोकर रन’ काठमाडौँबाट पोखरासम्म हुनेछ ।

कार्यकारी प्रमुख डा. रेग्मीले कोभिडको कारण पर्यटन क्षेत्र प्रभावित भएपनि स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक पर्यटन चलायमान बनाउनु पर्ने भन्दै यस्ता कार्यक्रमले पर्यटन व्यवसायमा उत्साह थप्नुकासाथै आन्तरिक पर्यटन चलायमान हुने बताए ।

“कोभिडको कारण अहिलेको परिस्थतीमा अन्तरराष्ट्रिय पर्यटक आगमन कम हुनेहुँदा हामीले कुनै न कुनै रुपमा यस्ता कार्यक्रम गरेर कोभिडले थलिएको पर्यटनलाई चलायमान बनाउन आवश्यक छ” उनले भने ।

वरिष्ठ पर्यटन व्यवसायी विक्रम पाण्डे ‘काजी’ ले पोकर रन जस्ता कार्यक्रमले युवाहरुलाई आर्कषित गरेको र यस प्रकारका कार्यक्रमले कोभिडको कारण थलिएको पर्यटन प्रर्वद्धन सहयोग पुग्ने बताए । आयोजक स्याक्रड समिट्सका अध्यक्ष रवि थापाले नेपाल मोटरसाइकल पर्यटनका रुपमा समेत विकास हुदै गईरहकेको सन्र्दभमा पोकर रनले पर्यटनको नयाँ प्रडक्ट विकास गरेको जानकारी दिए ।

थापाका अनुसार अघिल्ला वर्ष विदेशबाट यात्रुहरु सहभागी भएपनि कोरोना संक्रमणको जोखिमका कारण सरकारले ठूलो भेला नगर्न भनेकाले यस वर्ष १५० जनालाई मात्र सहभागी गराइएको छ । फोकर रनमा गतवर्ष ४०० जनासम्म सहभागी भएको थापाले बताए ।

‘मोटरसाइकलमा लामो यात्रा गर्न रुचाउनेका लागि ‘पोकर रन’ सबैभन्दा उत्कृष्ट कार्यक्रम हो’ थापाले भने, ‘मोटरसाइकलमा साहसिक यात्रा गर्न रुचाउनेका लागि यो कार्यक्रम निकै राम्रो छ । विश्वका अन्य देशहरूमा पनि हरेक वर्ष यस्ता कार्यक्रम आयोजना हुने गर्छन ।

पोकर रनका यात्रुहरु सोमबार बिहान काठमाडौँबाट पोखराका लागि गएका थिए ।साँझ पोखरामा नयाँ वर्षको सांस्कृतिक कार्यक्रम गरी दुई दिन पछि काठमाण्डौं फर्किएको पर्यटनले जनाएको छ ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७८ बैशाख २, १६: २१: ४५

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७८ बैशाख २, १६: २१: ४५

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७८ बैशाख २, १६: २१: ४५

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP