May 19, 2021, Wednesday

भेरी अस्पतालमा काेराेना परीक्षण गरिएका मध्ये ७० प्रतिशतमा संक्रमण पुष्टि


नयाँ विकल्प,


नेपालगञ्ज- बाँकेको भेरी अस्पतालमा १८३ जनाको नमुना परीक्षण गर्दा १२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा १८३ जनाको नमुना परीक्षण गर्दा १२७ जनामा संक्रमण पुष्टि भएको हो । जु अनुसार काेराेना संक्रमण दर ६९.४ प्रतिशत छ । कोरोना संक्रमण पुष्टि भएका १२७ जना मध्ये ५ जना अस्पतालका कर्मचारी समेत रहेको उनले बताए ।

एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत एक वर्षमा यो पहिलो पटक भएको डा. थापाले बताए । भेरी अस्पतालले आफ्नो श्रोत साधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको जनाएकाे छ ।

तर यही क्रममा संक्रमण फैलिने हो र गहन खालका बिरामीहरूको संख्या बढ्ने हो भने अस्पतालले बिरामीको चाप थेग्न मुस्किल देखिन्छ । भेरी अस्पताल मेडिकल सुपरिटेण्डेट डा. थापाका अनुसार कोरोना संक्रमित मध्ये ७ जना भेन्टिलेटरमा, ४० जना आईसीयूमा र ४३ जना कोभिड वार्डमा राखेर उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७८ बैशाख ३, १४: ०९: ३८

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७८ बैशाख ३, १४: ०९: ३८

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७८ बैशाख ३, १४: ०९: ३८

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP