May 18, 2021, Tuesday

विद्यार्थीको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग नेविसंघको माग


नयाँ बिकल्प,

काठमाडौं – दिन दुई गुणा रात चौगुणा मुलुकभर कोरोना भाईरसका संक्रमित बढीरहँदा त्यसको रोकथाम र नियन्त्रणको लागि सरकारले अकर्मण्यता र लाचारीपुर्ण व्यबहार देखाएको भन्दै नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।

नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्यार्थीको स्वास्थ्य र भविष्यमाथी ठुलो खेलवाड भईरहेको भन्दै सरकारको लाचारीप्रति रोष प्रकट गरेका छन् ।

महामन्त्री तिम्सिनाले विद्यार्थीहरु सन्क्रमित र संक्रमणकै कारण मृत्युु भईसक्दा समेत सरकार गम्भीर नहुनुले बर्तमान सरकार रहुन्जेलसम्म नेपाली नागरिकको बाँच्ने हक सुरक्षित हुन नसक्ने र जनतालाइ राहतको सट्टामा आहत दिन सरकार उद्यत भएको दाबी गरे ।

‘कोरोना संक्रमणको उच्च जोखिम दिन प्रतिदिन बढीरहेको सन्दर्भमा सबै विद्यालय, बिश्व बिद्यालय,क्याम्पस,कलेज र शिक्षालय लगाएतका शिक्षण संस्थाहरूमा स्वास्थ्य सावधानी र सतर्कताको तत्काल बिशेष ब्यवस्था गर्न र सबै विद्यार्थीहरुलाई तत्काल खोपको पुर्ण ब्यबस्था गर्न सरकारसँग माग गरेका छौं’, तिम्सिनाले नयाँ बिकल्पसँग भने ।

उनले यस्तै संक्रमण बढिरहेमा जोखिममा रहेका स्थानका शिक्षण संस्थाहरुमा केही समयका निम्ति प्रत्यक्ष भौतिक उपस्तिथिमा गरिने पठनपाठनलाई बैकल्पिक पद्धति मार्फत सिकाइ प्रक्रिया सुचारु गर्न सरकारसँग माग गरेका छन् ।

सम्बन्धित समाचार

बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
  • २०७८ बैशाख ३, १५: ०८: ३६

नयाँ विकल्पबुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका...

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७८ बैशाख ३, १५: ०८: ३६

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
  • २०७८ बैशाख ३, १५: ०८: ३६

नयाँ विकल्प, काठमाडाैं-सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज...

भर्खरै

TOP