May 10, 2021, Monday

अखिल क्रान्तिकारीले रामपुर क्याम्पसमा नेविसंघका ४ विद्यार्थीको टाउको फुटाए


नयाँ बिकल्प,

काठमाडौं –कृषि तथा बन विज्ञान विश्वविद्यालय अन्तरगत चितवनस्थिति रामपुर कृषि क्याम्पसमा नेपाल विद्यार्थी संघका नेतामाथि अनेरास्ववियू क्रान्तिकारीले आक्रमण गरी घाइते बनाएको छ ।

नेविसंघ रामपुर क्याम्पस ईकाईका सभापति दिपेश बानियाँ र सदस्य खेमराज उपाध्याय लगायतलाई आक्रमण गरी अखिल क्रान्तिकारीका विद्यार्थीहरुले शुक्रबार दिउँसो घाइते बनाएको नेविसंघ महामन्त्री बलदेब तिमल्सिनाले नयाँ बिकल्पलाई जनाए ।

कृषि क्याम्पस रामपुरमा भर्ना प्रक्रिया चलिरहेको अबस्थामा बिनाकारण अखिल क्रान्तिकारीद्वारा क्याम्पस हाताभित्र नेबिसंघका नेताहरु नेविसंघ ईकाई सभापति दिपेश बानियाँ, सदस्य खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्यमाथि आक्रमण गरेका थिए ।

सो घटनाका दोषीलाई हदै सम्मको कारबाही गर्न तत्काल पक्राउ गर्न नेविसंघ अध्यक्ष राजिप ढुंगानाले माग गरेका छन् । उनले दोषीलाई सरकारले पक्राउ गरी कारबाही नगरे नेविसंघ आफै कारबाही गर्न बाध्य हुने अध्यक्ष ढुंगानाले चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

नेपाल-खनाल समुह बैठकः   ओलीलाई  विश्वासकाे मत नदिने निर्णय
नेपाल-खनाल समुह बैठकः ओलीलाई विश्वासकाे मत नदिने निर्णय
  • २०७८ बैशाख ३, १६: ४०: ३५

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित
  • २०७८ बैशाख ३, १६: ४०: ३५

नयाँ विकल्प, काठमाडाैं-यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल...

नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
  • २०७८ बैशाख ३, १६: ४०: ३५

नयाँ विकल्प, काठमाडाैैं- नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको...

भर्खरै

TOP