May 10, 2021, Monday

कोरोना नियन्त्रणका लागि कडा निर्देशन जारी गर्दै सरकार


नयाँ विकल्प,


काठमाडाैं- सरकारले कोरोना महामारी थप फैलन नदिन भिडभाड हुने क्षेत्रहरूमा कडाइ गर्ने भएको छ।

विद्यालय, रंगशाला, यातायात क्षेत्र, रेष्टुरेन्टलगायतमा भिडभाड हुन नदिने गरी व्यवस्थापन मिलाउन लागिएको हो। कोरोनाको दोस्रो लहर आएकोले नियन्त्रणका लागि विस्तृत आदेश जारी गर्ने निर्णय आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले गरेको हाे ।

कोरोनाको दोस्रो लहर आइसकेकोले सरकारले विस्तृत आदेश जारी गर्ने निर्णय गरेको छ । संघ, प्रदेश र स्थानीय तह, समाज र समुदाय तथा व्यक्तिका भूमिका र जिम्मेवारी के हुन्छ भन्नेबारे विस्तृत आदेशमा उल्लेख गरिने छ ।

सरकारले विद्यालय अनलाइनबाट पठनपाठन निरन्तर दिनेगरि निर्देशिका तयार गर्दै छ ।सबै विद्यालयकाे पढाइ अनलाइनलगायत भौतिक उपस्थिति बाहेकका वैकल्पिक प्रणालीबाट शिक्षण सिकाइ क्रियाकलाप जारी राख्न निजि तथा सरकारी विद्यालयलाइ निर्देशन जारी गर्ने तयारी गरेकाे छ ।

सरकारले संक्रमण नियन्त्रयकालागि स्वास्थ्य मापदण्डलाई कडाइ गर्ने गरिआजै आदेश गर्दैछ ।

सम्बन्धित समाचार

नेपाल-खनाल समुह बैठकः   ओलीलाई  विश्वासकाे मत नदिने निर्णय
नेपाल-खनाल समुह बैठकः ओलीलाई विश्वासकाे मत नदिने निर्णय
  • २०७८ बैशाख ६, १२: २२: ३६

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित
  • २०७८ बैशाख ६, १२: २२: ३६

नयाँ विकल्प, काठमाडाैं-यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल...

नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
  • २०७८ बैशाख ६, १२: २२: ३६

नयाँ विकल्प, काठमाडाैैं- नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको...

भर्खरै

TOP