May 10, 2021, Monday
जसले गरे अविश्वास –उसैलार्ई मन्त्री पद उपहार

सत्ता संकट टार्न मुख्यमन्त्री पोखरेलको अनौठो सौदावाजी


नयाँ बिकल्प,
बुटबल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजबादी पार्टीका चार प्रदेश सांसदले मन्त्री उपहार पाउने भएका छन् ।

मुख्यमन्त्री पोखरेलबिरुद्ध सोमबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो । नेपाली कांग्रेस लुम्विनी प्रदेश संसदीय दलका नेता बीरेन्द्रकुमार कनौडिया र नेकपा माओबादी केन्द्रका सांसद कुलप्रसाद केसीले सो प्रस्ताव दर्ता गराएका थिए ।

नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजबादी पार्टीका ४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । सो प्रस्ताव दर्ता गराउँदा मुख्यमन्त्रीमा कुलबहादुर केसीको नाम प्रस्ताव गरिएको छ । तर, अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ४ सांसदलाई मुख्यमन्त्री पोखरेलले मन्त्री उपहार दिएका छन् ।

आफूबिरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दा हस्ताक्षर गर्ने जनता समाजबादी पार्टीका ३ र हस्ताक्षर नगर्ने १ गरी चार जनालाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका हुन् । योसँगै सांसद किनबेचको फोहोरी खेलको नजिर स्थापित हुन सक्ने प्रदेश सांसदहरुले टिप्पणी गरेका छन् ।

पोखरेलबिरुद्ध अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गर्ने जसपाका सांसद विजय यादब, सन्तोष पाण्डृ र सुमन रायामाझी तथा हस्ताक्षर नगरेकी कल्पना पाण्डेलाई मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको मन्त्रिपरिषद्मा सामेल गरेका हुन् ।

यसअघि पोखरेलको प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसी र सामाजिक बिकास मन्त्री सुदर्शन बरालले पदबाट राजिनामा दिएका थिए । लुम्बिनी प्रदेशसभामा ८७ सांसद छन् । बहुमतका लागि कम्तीमा ४३ सांसद आवश्यक पर्छ।

लुम्विनी प्रदेशमा काँग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १७, जसपा नेपालका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् । माओवादी केन्द्र छोडेर एमालेतिर लागेका दुई जना सांसद दधिराम न्यौपाने र दिनेश पन्थीको पद खारेज भएको छ ।

सत्तारुढ नेकपा एमालेका ४१ सांसद छन् । एमालेभित्र केपी ओली र माधव नेपाल पक्षबीच एकता नरहेकाले फ्लोर क्रस हुने सम्भावना पनि छ । कर्णाली प्रदेशमा समेत नेकपा एमालेका माधव पक्षका ४ सांसदले फ्लोर क्रस गरेर माओबादी नेतृत्वको प्रदेश सरकारलाई जोगाएका थिए ।

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन सक्ने उनी निकट सांसदहरूले दाबी गरिरहेका बेला तीन जना सांसद आवश्यक रहेको अवस्थामा उनले जसपाका चार सांसदलाई आफ्नो पक्षमा पारेका छन् । तर, कर्णालीको नजिर दोहोरिन सक्ने भयलाई नजरअन्दाज गर्न मिल्दैन ।

सम्बन्धित समाचार

नेपाल-खनाल समुह बैठकः   ओलीलाई  विश्वासकाे मत नदिने निर्णय
नेपाल-खनाल समुह बैठकः ओलीलाई विश्वासकाे मत नदिने निर्णय
  • २०७८ बैशाख ६, १७: ०७: २१

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित
  • २०७८ बैशाख ६, १७: ०७: २१

नयाँ विकल्प, काठमाडाैं-यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल...

नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
  • २०७८ बैशाख ६, १७: ०७: २१

नयाँ विकल्प, काठमाडाैैं- नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको...

भर्खरै

TOP