May 18, 2021, Tuesday

सवारीमा पुनः इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै सरकार


नयाँ विकल्प,


काठमाडाैं- विवादमा परेर राेकिएकाे इम्बोस्ड नम्बर पुनः लागु गराउने तयारी सरकारले गरेकाे छ ।

झन्डै ४ वर्षअघि सवारी साधन ट्र्याकिङ र सुरक्षाका लागि भन्दै सरकारले इम्बोस्ड नम्बर प्लेट प्रणाली सुरू गरेको थियो। पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने योजना बन्यो।

तर यातायात व्यवस्था विभाग अहिलेसम्म लक्षित संख्याको एक छेउ पनि पुगेको छैन। चार वर्ष अवधिमा जम्मा ११ हजार सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान भएको विभागले जनाएको छ। २०७३ जेठ १७ गते नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनीबीच पाँच वर्षभित्र २५ लाख इम्बोस्ड नम्बर प्लेट बनाएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो।

तर विभिन्न कारण देखाउँदै योजनाअनुरूप काम सकिएन। २०७४ भदौदेखि सरकारी सवारी साधनमा अनिवार्य र अन्य साधनमा ऐच्छिक रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था पनि सुरू भयो। सरकारी सवारी साधनमा यो लागू भए पनि निजी तथा अन्य सवारीले प्रणालीमा उति चासो देखाएका छैनन्।


निजी तथा अन्य सवारीमा इम्बोस्ड प्लेट अनिवार्य गराउन विभागले योजना बनाएको छ। नयाँ दर्ता हुने कुनै पनि सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट हुनुपर्नेछ। त्यस्तै, अन्य चल्तीका सवारीलाई निर्धारित समय तोकेर जडान गर्न लगाइनेछ। नेपालमा हालसम्म ३७ लाख सवारी साधन दर्ता भएका छन्।

सम्बन्धित समाचार

बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
  • २०७८ बैशाख ७, १२: ५१: २९

नयाँ विकल्पबुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका...

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७८ बैशाख ७, १२: ५१: २९

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
  • २०७८ बैशाख ७, १२: ५१: २९

नयाँ विकल्प, काठमाडाैं-सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज...

भर्खरै

TOP