May 14, 2021, Friday

माधव पक्षका तीन दर्जन नेतामाथी ओलीले चलाए कारवाहीकाे डण्डा, सांसदबाट हटाउने तयारी


नयाँ विकल्प,


काठमाडाैं- नेकपा एमालेले २७ जना संघीय सांसदसहित ३२ जना नेतालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा उनीहरुलाई स्पष्टीकरण सोध्न लागिएको हो ।

यसअघि पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल, भिम रावल, घनश्याम भुसाल सुरेन्द्र पाण्डेले कारवाही भाेगिसकेका छन् । स्पष्टीकरण सोधिएका सबै नेता पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन् ।

संघीय सांसदबाहेक स्पष्टीकरण सोधिएका अन्यमा कर्णालीका नेता छन् । हालै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा विश्वासको मत लिने क्रममा नेपाल पक्षका सांसदले ‘फ्लोर क्रस’ गर्दै शाहीलाई मतदान गरेका थिए, जसका कारण शाही नेतृत्वको सरकारको संकट टरेको थियो ।

उक्त घटनापछि आक्रोशित पार्टी अध्यक्ष तथा प्रधानमनत्री केपी शर्मा ओलीले कारबाही प्रक्रिया अगाडि बढाएका हुन् । उनीहरुलाई आजै स्पष्टीकरण पत्र पठाइनेछ भने चित्तबुझ्दो जवाफ नआए सांसद पदबाट नै हटाउने तयारी गरिएको छ ।

ओली पक्षले फ्लोर क्रसलाई अक्षम्य अपराध भएको जनाउँदै आएको छ । यसअघि पार्टी अध्यक्ष ओलीले नेपालसहित चार नेतालाई पनि ६ महिनाका लागि पार्टी सदस्यबाट नै निलम्बन गरेका थिए ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७८ बैशाख ७, १३: ०८: ००

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७८ बैशाख ७, १३: ०८: ००

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७८ बैशाख ७, १३: ०८: ००

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP