May 10, 2021, Monday

प्रदेश मन्त्रीको सपथ खाने चार सांसदलाई पदत्याग गर्न जसपाको निर्देशन, होला त पालना ?


नयाँ बिकल्प,
नेपालगञ्ज । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशले पार्टीको निर्णय विपरित मन्त्री पदको शपथ लिएका चार प्रदेश सांसदलाई सरकारबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम दिएको छ।

जसपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार साँझ विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र मन्त्री पदबाट राजीनामा गरी स्पष्टीकरण बुझाउन ति सांसदलाई निर्देशन दिएको जनाएका छन् । मन्त्री पद खान गएका चार मध्ये तीन सांसदले सोमबार नै काँग्रेस र माओवादीसहित ४१ जनाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध आविश्वासको प्रस्ताव पेश गर्दा हस्ताक्षर गरेका लुम्विनी प्रदेसका जसापा सांसदहरु विजय यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले मन्त्रीको शपथ लिएका थिए । अध्यक्ष यादवले राजीनामा नदिएमा पद नरहने गरी कारबाहीका लागि कानूनी प्रक्रिया अवलम्बन गर्ने चेतावनी समेत दिएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको विरूद्धमा अविश्वासको प्रस्तावमा मन्त्री हुने पाण्डेवाहेक तीनै जनाले हस्ताक्षर गरेका थिए । उनीहरुले अविश्वासको प्रस्ताव दर्ता गराएकै दिन आफैले सोमबार प्रदेश मन्त्रीको सपथ लिएका थिए ।

सम्बन्धित समाचार

नेपाल-खनाल समुह बैठकः   ओलीलाई  विश्वासकाे मत नदिने निर्णय
नेपाल-खनाल समुह बैठकः ओलीलाई विश्वासकाे मत नदिने निर्णय
  • २०७८ बैशाख ७, १३: १०: २६

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित
  • २०७८ बैशाख ७, १३: १०: २६

नयाँ विकल्प, काठमाडाैं-यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल...

नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
  • २०७८ बैशाख ७, १३: १०: २६

नयाँ विकल्प, काठमाडाैैं- नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको...

भर्खरै

TOP