May 14, 2021, Friday

कांग्रेस १४ औं महाधिवेशनः गैरनागरिकलाई धमाधम क्रियाशील सदस्यता वितरण गरिदै


नयाँ विकल्प,


काठमाडाैं- कांग्रेस १४ औं महाधिवेशनकाे पूर्वसन्ध्यामा पार्टी कब्जा गर्ने उदेश्यले विदेशमा रहेका गैरनागरिकलाई धमाधम क्रियाशील सदस्यता वितरण गरिएकाे भन्दै विराेध सुरू भएकाे छ ।

नेपाली जनसम्पर्क समिति अमेरिका, अस्ट्रेलिया, बेल्जियम लगायतका देशहरूमा नेपाली नागरिकता त्यागेर विदेशी बनिसकेकाहरूलाई धमाधम क्रियाशिल सदस्यता दिन थालपछि विराेध सुरू भएकाे हाे ।

राेजगारी, अध्यायन र विभिन्न व्यावसाय गरी मुलुक बाहिर रहेका पार्टी प्रति आवद्व रहेकाहरूलाई एकतावद्व बनाउने उदेश्यले कांग्रेसले विदेश विभाग अन्तर्गत नेपाली जनसम्पर्क समितिकाे स्थापना गरेकाे हाे । विदेशमा रहेका यस्ता भातृसंस्थाले पार्टीमा विभिन्न प्रकारले याेगदान गर्दै आएका छन् ।

पार्टीभित्र माैलाएकाे गुटबन्दिकाे सिकार पछिल्लाे पटक तिनै जनसम्पर्क समितिहरू बनेका छन् । निर्वाचनकाे माध्यमबाट विधिवत रूपमा गठन भएका कतिपय जनसम्पर्क समितिलाई पाखा लगाउँदै मनाेमानी रूपमा समानान्तर समिति गठन गर्ने, सदस्यता वितरण गर्ने काम भैरहेकाे भन्दे असन्तुष्टि बढदै गएकाे छ ।

नेपाली कांग्रेसकाे वर्तमान संस्थापन पक्षले १४ औं माहाधिवेशन आफु अनुकुल बनाउँन गैरनेपालीलाई धमाधम क्रियाशील सदस्यता वितरण गरेकाे भन्दै विराेध भएकाे छ । नेतृत्व पूर्वाग्राहिपूर्ण निर्णयका कारण कतिपय देशहरूमा वर्षौंदेखि रहेको समस्या झन्झन् जटिल बन्दै गएकाे छ।

नेपालकाे संविधान तथा नेपाली कांग्रेस पार्टीको विधान अनुसार नेपाली नागरिकता नभएकाे व्यक्ति पार्टीकाे सदस्य समेम बन्न मिल्दैन । नेपाली कांग्रसकाे नेतृत्वमा रहेकाे सरकारले जारी गरेकाे संविधान र पार्टीकाे विधान विपरित विदेशी नागरिकता लिएका ( पूर्व नेपालीलाई ) नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण गर्दा कानुनी प्रश्न समेत उठने निश्चित छ ।


१४ औं महाधिवेशन पार्टीको महाधिवेशनलाई प्रभाव पार्न यस्ताे गैरकानुनी क्रियाकलाप स्वयं संस्थापन पक्षबाट हुनुले आगामी महाधिवेशन स्वच्छ र पार्दर्शी नहुने हाे कि भन्ने चिन्ता समेत आम कार्यकर्ताले गरिरहेका छन् ।

यस्ताे गैरकानुनी क्रियाकलाप राेक्ने विदेशमा रहेका जनसम्पर्क समितिहरू समेत एकतावद्व हुन थालेका छन् । नेपाली मुलका विदेशी नागरिकता धारी नेपालीहरूलाई नेपाली कांग्रेसले पार्टि क्रियाशील सदस्यता नेपालको संविधान र पार्टिको विधान विपरीत रहेकाे भन्दै विराेध भएकाे हाे ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७८ बैशाख ९, १२: ५०: ४९

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७८ बैशाख ९, १२: ५०: ४९

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७८ बैशाख ९, १२: ५०: ४९

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP