June 21, 2021, Monday

पछिल्लाे हप्ता लगातार घटेकाे नेप्से बिहीबार झण्डै १६ अंक बढेर बन्द भयो


नयाँ विकल्प,


काठमाडाैं- साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक करिब १६ अंक बढेर बन्द भएको छ।

पछिल्लो ४ कारोबार दिनमा नेप्से परिसूचक १०३ अंक घटिसकेको छ। उच्च अंकको गिरावटपछि यस दिन बजार सामान्य अंकले बढेको हो। यस दिन नेप्से परिसूचक १५.८० अंक बढेर २६४८.०१ विन्दुमा पुगेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२१ अंक, फ्लोट इण्डेक्स १.१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि केही सुधार भएको छ।

यस दिन २१४ कम्पनीको ७५ हजार १०८ पटकको कारोबारमा ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ३० लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विशाल बजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन हिमालयन उर्जाको शेयरमूल्य सर्वाधिक ३.४४ प्रतिशत घटेको छ।

त्यसैगरी, पञ्चकन्या माइ हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, हिमाल दोलखा, चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलोपर्स, रिडी हाइड्रोपावरको शेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा यस दिन नेपाल क्रेडिट एण्ड कमर्श बैंक शीर्ष स्थानमा रहेको छ।

सो बैंकको यस दिन ६२ करोड २७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एनआईसी एशिया लघुवित्तको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने बाँकी दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, अन्य र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक भने यस दिन १.४५ प्रतिशत घटेको छ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७८ बैशाख ९, १५: ४८: ५३

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७८ बैशाख ९, १५: ४८: ५३

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७८ बैशाख ९, १५: ४८: ५३

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP