May 19, 2021, Wednesday

बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा


नयाँ विकल्प,


काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्।

बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले गुण्डा परिचालन गरी कार्यवहाक सभापति मिश्रीलाल यादवसहितलाई हातपात र कार्यालय बन्द गरेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

बुधबार क्षेत्रीय सभापति यादवले युवाहरू परिचालन गरी हातपात गरेको आरोप छ। कार्यवहाक सभापति मिश्रीलाल यादवसहित कार्यसमितिका ४४ जनाले बिहीबार केन्द्रीय कार्यालयमा सामूहिक राजीनामा पठाएका हुन्।

१४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणका काम गर्नुपर्ने बेला हातपात गरेको भन्दै उनीहरूले पार्टीको काम गर्न नसक्ने हुँदा राजीनामा स्वीकृत गरिदिन भनेका छन्।


बर्दियामा ७५ मध्ये ५६ वडामा क्रियाशील नवीकरण गरिसकिएको छ। ६० वडामा लेबीसमेत उठिसकेको छ। यहाँ रू १० का दरले मासिक लेबी उठाइएको छ।

बर्दियामा लेबी उठाउने विषयमै विवाद भइरहेको थियो। कांग्रेसले राजीनामा निवेदनबारे आइतबार छलफल गर्ने जनाएकाे छ ।

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७८ बैशाख १०, १६: ४२: २४

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७८ बैशाख १०, १६: ४२: २४

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७८ बैशाख १०, १६: ४२: २४

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP