May 18, 2021, Tuesday

आज दिउँसो २ बजे कांग्रेस पदाधिकारी बैठक बस्दै


नयाँ विकल्प
काठमाडाैं – आज दिउँसो २ बजे कांग्रेस पदाधिकारी बैठक बस्दै छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।


आज दिउँसो २ बजे पदाधिकारी बैठक बस्ने भएको हो। सभापति देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बस्दै छ । १४ औं महाधिवेशन तयारीका विषयमा बैठक केन्द्रीत हुने बताइएकाे छ । कांग्रेसले सोमबार केन्द्रीय समिति बैठक पनि राखेको छ। उक्त बैठकका एजेन्डा तय गर्न पनि आज पदाधिकारी बैठक बस्न लागेको हो।


समसामयिक राजनीतिक घटनाक्रम, जेठ ६ मा एक सिटका लागि हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बस्न लागेको हो।


कांग्रेसमा क्रियाशील सदस्यता वितरण तथा नवीकरण पनि चल्दैछ। अहिलेसम्म करिब ७ लाख कांग्रेसका क्रियाशील सदस्य भइसकेका छन्।

सम्बन्धित समाचार

बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
  • २०७८ बैशाख १२, १०: २९: ३५

नयाँ विकल्पबुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका...

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७८ बैशाख १२, १०: २९: ३५

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
  • २०७८ बैशाख १२, १०: २९: ३५

नयाँ विकल्प, काठमाडाैं-सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज...

भर्खरै

TOP