May 19, 2021, Wednesday

ओलीले बोलाए महाधिवेशन आयोजक समितिको बैठक


नयाँ विकल्प
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका छन् । बैठक विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । वैशाख १० गते पनि महाधिवेशन आयोजक समितिको बैठक बसेको थियो । एमालेका एक नेताले दुई दिनपछि नै फेरि सोही समितिको बैठक आह्वान गर्नुलाई अर्थपूर्ण मानिएको बताए । अघिल्लो पटकको बैठकले कर्णाली प्रदेशका चार प्रदेशसभा सदस्यहरुलाई पदबाट हटाउने निर्णय गरेको थियो । स्पष्टीकरण सोधिएका अन्य सांसदहरुमाथिको कारबाहीबारे आजको बैठकमा छलफल हुने अनुमान एमाले नेताहरुले गरेका छन् । पार्टीमा गुटगत गतिविधि गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले संघ र प्रदेशका २७ सांसदहरुलाई स्पष्टीकरण सोधेका थिए । कर्णालीका चार सांसदहरुलाई पदबाट हटाइए पनि बाँकी २४ जनाको बारेमा निर्णय हुन बाँकी छ ।

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७८ बैशाख १२, १०: ३९: १६

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७८ बैशाख १२, १०: ३९: १६

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७८ बैशाख १२, १०: ३९: १६

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP