May 19, 2021, Wednesday

कोरोना संक्रमणबाट कांग्रेस नेतृ मोहम्मदी सिद्धिकीको निधन

नयाँ विकल्प ,

काठमाडाैं- तत्कालीन संविधान सभा सदस्य मोहम्मदी सिद्धिकीको निधन भएको छ।

कोरोना भाइरस संक्रमणपछि उपचाररत ६२ वर्षीया उनको शनिबार नेपालगञ्जस्थित भेरी अस्पतालमा निधन भएको हो।

उनलाई करिब दुई साता अस्पतालमा राखेर उपचार गरिएको थियो। कोरोना देखिएपछि गत चैत २८ मा उनलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालका डाक्टर पारस पाण्डेले श्वासप्रश्वाससमेत समस्याको समस्या रहेकी सिद्धिकीको निधन भएको बताए।

सिद्धिकी पहिलो संविधान सभामा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सभासद भएकी थिइन्। उनले लामो समय मुस्लिम महिलाको अधिकारका लागि संघर्ष गरिन्। उनी २०३६ सालदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिइन्।


उनको अन्त्येष्टी गरिसकिएको छ। शनिबार भेरी अस्पतालमा कोरोना संक्रमणले सिद्धिकीसहित ७ जनाको मृत्यु भएको छ।
सिद्धिकीको निधनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्।

‘कांग्रेसकी नेतृ, महिला अधिकारकर्मी र संविधान सभा सदस्य मोहम्मदी सिद्दिकी बहिनीको निधनको खबरले निकै दुखी भएको छु,’ देउवाले भनेका छन्, ‘उहाँको निधनले कांग्रेसले एउटा असल महिला नेतृ गुमाएको छ।’

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७८ बैशाख १२, १०: ४५: ३३

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७८ बैशाख १२, १०: ४५: ३३

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७८ बैशाख १२, १०: ४५: ३३

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP