May 19, 2021, Wednesday

उज्यालो नेटवर्कका उपसम्पादक तामाङ पक्राउ


नयाँ विकल्प,


काठमाडाैं- उज्यालो नेटवर्कको कार्यालयमा प्रहरीले छापा मारेकाे छ ।

प्रहरीले उज्यालाे नेटवर्कका उपसम्पादक अनिश तामाङलाई पक्राउ गरेकाे छ ।

उज्यालो नेटवर्क डटकमका प्रहरीले घेराहालेर छापामारेकाे छ । प्रहरीले उज्यालो नेटवर्कको कार्यालयमा प्रवेश गरि बल प्रयाेग गरेर तामाङलाइ नियन्त्रणमा लिएकाे हाे ।

प्रहरीले उनकाे साथमा रहेकाे क्यमरा र मोबाइल समेत नियन्त्रणमा लिएकाे छ । कार्यालयमा प्रहरी प्रवेश गर्दा उनी डेक्समा काम गरिरहेका थिए । उज्यालो नेटवर्कका देशका सम्पादक विवेक लोप्चनको समेत मोबाइल नियन्त्रणमा लिएकाे छ ।

भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओली विचकाे ४ बुँदे सहमति पत्रबारे भ्रामक समाचार लेखेकाे भन्दै ओली सरकाले उनीहरूलाई नियन्त्रणमालिएर कारवाहि गर्न दवाब दिएकाे थियाे ।

क्त समाचारलाइ लिएर प्रेस काउन्सिल नेपालले उज्यालाे नेटवर्क लगाउत उक्त समाचार साभारगर्ने अन्य मिडियालाइ समेत २४ घण्डे स्पष्टीकरणमा मागेकाे थियाे ।

उज्जयालाे नेटवर्कले उक्त समाचार असावधानीबस प्रकाशन भएको भनी क्षमा मागिसकेको छ । उच्च अदालतले पत्रकारलाई समाचार लेखेकै भरमा पक्राउ नगर्न सरकारलाई नाममा अन्तरिम आदेश दिएकाे थियाे

सम्बन्धित समाचार

लमजुङ केन्द्र भएर आज बिहान ५.३ म्याग्निच्युडको भूकम्पकाे धक्का
लमजुङ केन्द्र भएर आज बिहान ५.३ म्याग्निच्युडको भूकम्पकाे धक्का
  • २०७८ बैशाख १२, १४: १३: २५

नयाँ विकल्प, काठमाडाैं- लमजुङको भुलभुले केन्द्र भएर आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएकाे छ । भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा,...

बालबालिकालाई कोरोना खोप लगाउने ब्यावस्था गर्ने देउवाकाे आग्रह
बालबालिकालाई कोरोना खोप लगाउने ब्यावस्था गर्ने देउवाकाे आग्रह
  • २०७८ बैशाख १२, १४: १३: २५

नयाँ विकल्प, काठमाडाैं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहर आउने र त्यसबेला बालबालिका धेरै प्रभावित हुने विज्ञहरूले बताइरहेकोले सरकारले...

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७८ बैशाख १२, १४: १३: २५

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

भर्खरै

TOP