May 14, 2021, Friday

किन ८ पृतना खारेज गर्दैछ नेपाली सेना ?

काठमाडौं । पृतना खारेज गरेर साउनदेखि चार कमाण्डको संरचनामा जाने तयारी नेपाली सेनाले गरेको छ । कमाण्डको संरचनामा एयरबेस, लजिस्टिक बेस र अस्पताल स्थापना गर्ने तयारी नेपाली सेनको छ ।

नेपाली सेनाको जङ्गीअड्डाले ८ वटा पृतनाको संरचनालाई खारेजको तयारी नेपाली सेनाले गरेको छ  । सैनिक संगठनलाई समय सापेक्ष पुनर्संरचना गर्दै जाने नीति अनुरूप पृतना खारेज गरेर कमाण्ड अवधारणामा लैजाने तयारी गरेको जङ्गगीअड्डाले जनाएको छ ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले आगामी साउन महिनादेखि ‘थ्री प्लस वान’को अवधारणा अनुसार सेना कमाण्ड संरचनामा जाने बताए । नयाँ बन्ने कमाण्डको नामा नेपाली सेनाले नदीका आधारमा पूर्वी, मध्य, पश्चिमसहित उपत्यका गरी चारवटा संरचना राख्न लागेको छ  ।

नेपाली सेनाले संगठनको पुनः संरचना गर्दै ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गर्ने भएको छ । सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाउन थालेको हो ।

हाल जंगी अड्डाको मुनि सात प्रदेशमा सात वटा र उपत्यकामा एउटा गरी ८ वटा पृतनाहरु छन् । त्यसअन्तर्गत वाहिनी र वाहिनी मातहतमा गुल्म तथा गणहरु रहेका छन् ।

पृतनाहरुको नेतृत्व दुईतारे जर्नेल (उपरथी) ले गरिरहेका थिए । साथै, प्रदेशसँगको समन्वय पनि पृतनाबाटै हुने गरेको थियो । उपत्यकामा भने रणनीतिक महत्वको आधारमा उपत्यका कमान्ड रहने जनाइएको छ, जसका लागि मन्त्रिपरिषद्ले फागुनमा नै स्वीकृति दिइसकेको छ ।

उपरथीको कमान्डअन्तर्गत बढीमा ५ वटा वाहिनीसम्म रहने सेनाले जनाएको छ । उपत्यका कमान्डको हेडक्वार्टर अहिले उपत्यका पृतना रहेकै स्थान नारायणहिटी राजदरबारको उत्तरगेटमा राखिने भएको छ भने पश्चिम कमान्डको हेडक्वार्टर सुर्खेतमा रहनेछ । पूर्वी कमान्ड र मध्य कमान्डको हेडक्वार्टर कहाँ राख्ने भन्ने सम्बन्धमा सेनाले निर्णय गरिसकेको छैन ।

प्रवक्ता पौडेलले सेनासँग भएको सीमित स्रोतसाधनको अधिकतम तथा व्यावहारिक प्रयोगका लागि कमाण्ड संरचनाको परिकल्पना गरिएको बताए । त्यस्तै, सेनाको सन्तुलित तैनाथी पनि कमाण्ड सृजना गर्नुको अर्को उद्देश्य हो । सैनिक मुख्यालयद्वारा अपरेस्नल गतिविधिमा संलग्न हुँदै आएकोमा अब भने स्ट्राजिकल क्षेत्र अन्तर्गत रहने छ ।

कमाण्डले अपरेस्नल र वाहिनीले ट्याक्टिकल जिम्मेवारी सम्हाल्नेछन् । अब जंगी अड्डाले राष्ट्रिय रणनैतिक विषयवस्तुलाई ध्यान दिँदै गर्दा विकास निर्माण, निकुञ्ज, आरक्षको सुरक्षा, विपद्मा उद्धार लगायतका क्षेत्रमा कमाण्ड खटिनेछ । यसका लागि छुट्टै दरबन्दी सृजना गरिएको छैन ।

सेनाको आन्तरिक स्रोतसाधन बाटै आर्थीक ब्यावस्थापन गर्ने जनाएको छ । करिअर प्लानिङका देखिएको समस्याका कारण भने महासेनानी र प्रमुख सेनानीमा दरबन्दी थप्न सेनाले प्रस्ताव गर्ने भएको छ । अहिलेसम्म पृतनाहरुले सीमितताका कारण समान रुपमा स्रोतसाधन प्रयोग गर्न नपाएको अवस्थामा कमाण्डले भने आफ्नै एयरबेस, अस्पताल लगायतका सुविधा पाउने भएको छ ।

सेनाको पूर्वी हवाई बेस इटहरीमा, मध्य काठमाडौंमा र पश्चिम हवाई बेस सुर्खेतमा छ । अब विराटनगर लगायत स्थानमा एयरबेस थप्ने सेनाको तयारी छ । सेनालाई पुनः संरचना गर्नका लागि २०७२ सालमा तत्कालीन उपप्रधान तथा रक्षामन्त्री भीम रावलले पूर्वरक्षा सचिव वामनप्रसाद न्यौपानेको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरेका थिए ।

कार्यदलले रथीको संख्या बढार्ई दुई विकल्पसहित सेनाको पुनःसंरचनाको प्रस्तावसहित २०७३ सालमा मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । पहिलो विकल्पमा प्रधानसेनापति मातहत ४ रथी रहने र दोस्रोमा ३ रथी रहने प्रस्ताव थियो । अहिलेको नयाँ संरचनाअनुसार भने रथीको दरबन्दी बढ्नेछैन भने अहिलेकै दरबन्दीअनुसार कमाण्ड संरचना बन्न लागेको हो  ।

सेनाले तीन जोड एक कमाण्ड संरचनाको अवधारणा कार्यान्वयन गराउनु अघि पटकपटक जंगीअड्डामा छलफल गरेको थियो । पूर्वसैनिक अधिकृतहरुले पनि अपरेशनका लागि अहिलेको संरचनाको विकल्प कमाण्ड हुने सुझाव दिएका थिए ।

नेपाली सेनाल नेपाली भू–वनावट र रणनीतिक दृष्टिले उत्तर–दक्षिणमा आधारित कमाण्ड संरचनाअनुसार फौज राख्नु उपयुक्त हुने निष्कर्ष निकालिएको थियो ।

यस्तो संरचनापछि नेपाली सेना दैवि प्रकोप व्यवस्थापन, वन्यजन्तु आरक्षणको सुरक्षा, विकास निर्माण तथा खोज तथा उद्धारका लागि फौज परिचालन पनि छरितो हुनेछ ।

जंगीअड्डाले सम्पूर्ण अपरेशनल जिम्मेवारी कमाण्डमा हस्तान्तरण गर्ने तयारी गरेको छ र त्यहाँबाट सिधैँ बाहिनी हुँदै गण र गुल्म परिचालन हुनेछ । कमाण्ड संरचना बनिसकेपछि जङ्गीअड्डा राष्ट्रिय महत्वका रणनीतिक विषयमा केन्द्रित हुनेछ ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७८ बैशाख १३, ११: ५७: ३३

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७८ बैशाख १३, ११: ५७: ३३

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७८ बैशाख १३, ११: ५७: ३३

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP