May 10, 2021, Monday

काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउनेबारे सिडिओहरू बीच छलफल


नयाँ विकल्प,


काठमाडाैं- काेराेना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख जिल्ला अधिकारी ( सिडिओ ) छलफलमा जुटेका छन् ।

सिडिओहरूकाे छलफल उपत्यकामा निषेधाज्ञा लगाउने विषयमा छलफल भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच निषेधाज्ञा लगाउनेबारे छलफल भएको हो।

आइतबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच निषेधाज्ञा के-के मा लगाउनेबारे छलफल भएको थियो। छलफलपछि तीन जनै सिडिओ आन्तरिक परामर्शमा छन्।

निषेधाज्ञा लगाउँदा के-के सञ्चालन गर्न दिने, के-के बन्द गर्ने भन्ने विषयमा छलफल भएकाे छ । आन्तरिक परामर्शपछि फेरि बैठक बस्नेगरी छलफल सकिएकाे छ ।

कोरोना भाइरसको महामारीले काठमाडौं उपत्यका उच्च जोखिममा छ। सो जोखिम न्यूनीकरणका लागि कदम उठाउने निर्णय अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ।

सम्बन्धित समाचार

नेपाल-खनाल समुह बैठकः   ओलीलाई  विश्वासकाे मत नदिने निर्णय
नेपाल-खनाल समुह बैठकः ओलीलाई विश्वासकाे मत नदिने निर्णय
  • २०७८ बैशाख १३, १२: ४८: ५४

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित
  • २०७८ बैशाख १३, १२: ४८: ५४

नयाँ विकल्प, काठमाडाैं-यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल...

नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
  • २०७८ बैशाख १३, १२: ४८: ५४

नयाँ विकल्प, काठमाडाैैं- नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको...

भर्खरै

TOP